१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निजामती विधेयकको त्रुटि छानबिन गर्न गठित समितिको संयोजक पदलाई सभापति परिणत

२९ असार २०८२, आईतवार १६:२२

काठमाडौँ | प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सदनमा प्रस्तुत भएको सङ्घीय निजामती सेवा विधेयक, २०८० मा त्रुटि भएको विषयमा छानबिन गर्न गठित विशेष समितिको संयोजक पदलाई सभापतिमा परिणत गरिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकले उक्त अध्ययन समितिमा सभापति रहने सहमति दिएको हो । सभामुख देवराज घिमिरेले समिति गठन भएको दिनबाटै लागू हुनेगरी संयोजक पदलाई सभापति काम गरिएको बताउनुभयो ।

सङ्घीय निजामती सेवा विधेयक, २०८० माथिको राज्यव्यवस्था समितिको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन गर्नका लागि यही असार २३ गते प्रतिनिधिसभाद्वारा विशेष समिति गठन भएको थियो । प्रतिनिधिसभाद्वारा गठित उक्त विशेष समितिको संयोजक तोकिएकामा सदनभित्रै त्यसको विरोधसमेत भएको थियो ।

निजामती सेवा विधेयकलाई राज्यव्यवस्था समितिबाट प्रतिनिधिसभामा पठाउँदा अवकाशप्राप्त निजामती कर्मचारीको ‘कुलिङ पिरियड’सम्बन्धी व्यवस्थामा छेडखानी भएका विषयमा अध्ययन तथा छानविनका लागि उक्त विशेष समिति गठन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का