२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विपद्का बेला मानवीय सहयोगमा जुट्न रास्वपाको आग्रह

२०८२, ३० असार सोमबार ११:५४

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले विपद्का समयमा मानवीय सहयोगमा सक्रियतापूर्वक जुट्न पार्टी पङ्क्तीलाई आग्रह गरेको छ ।

आज विज्ञप्ती जारी गर्दै रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले मनसुनको समयमा आउन सक्ने सम्भावित विपद्का घटनाको न्यूनीकरण, घटनापछिको द्रूत उद्धार, प्रभावकारी राहत वितरण र अन्य मानवीय सहयोगका कार्यमा सक्रियतापूर्वक जुट्न पार्टीका सम्पूर्ण तहका समिति, विभाग र सदस्यहरूमा आह्वान गरेको हो ।

विपद् पूर्वको तयारीका लागि स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकाय, स्थानीय विपद् व्यवस्थापन समितिहरूसँग निरन्तर समन्वय गर्न रास्वपाले अनुरोध गरेको छ ।

“मौसम विज्ञान विभागले समेत यस वर्षको मनसुनमा औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान गरिसकेको सन्दर्भमा हामी सबै थप सचेत र पूर्व तयारीमा जुट्नुपर्ने आवश्यकता टड्कारो देखिएको छ”, विज्ञप्तीमा भनिएको छ, “विपद्को समयमा मानवीय सेवाको भावनाले नागरिकको सेवा गर्नु सबैको कर्तव्य हो । विपद् पूर्वको तयारी र विपद् पश्चातको प्रतिकार्यका लागि ध्यान केन्द्रीत गर्न अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण