१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोखरा विमाननस्थलबाट अन्तरराष्ट्रिय उडान विस्तार गर्न निरन्तर छलफलमा छौँ: पर्यटनमन्त्री पाण्डे

३० असार २०८२, सोमबार १७:४६

काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा अन्तरराष्ट्रिय विमाननस्थललाई दिगो सञ्चालन गर्न विभिन्न अन्तरराष्ट्रिय एयरलाइन्स कम्पनीसँग निरन्तर छलफल भइरहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिदैँ उहाँले विमानस्थललाई दिगो रूपमा सञ्चालनका लागि कार्ययोजना स्वीकृत भई कार्यान्वयनमा ल्याइएको बताउनुभयो ।

मन्त्री पाण्डेले पोखरा विमानस्थलबाट हुने अन्तरराष्ट्रिय उडानका सन्दर्भमा विभिन्न किसिमका सहुलियत प्रदान गरिएको र जसकारण उडान सङ्ख्या वृद्धि हुने सम्भावना रहेको बताउनुभयो । हाल हिमालयन एयरलायन्समार्फत पोखरा–ल्हासा नियमित उडान भइरहेको र अन्य एयरलायन्ससँग समेत छलफल तथा समन्वय गरी उडान विस्तार गर्ने प्रयास जारिरहेको उहाँले उल्लेख गर्नुभयो ।

मन्त्री पाण्डेले नेपाल वायुसेवा निगमको संरचनागत तथा संस्थागत सुधारका कामलाई विशेष प्राथमिकता दिइएको बताउनुभयो । उहाँले भन्नुभयो,“वायुसेवा निगमको संरचनागत तथा संस्थागत सुधार गरी निगमको बजार हिस्सा वृद्धि गर्न विद्यमान संरचनामा व्यवस्थापकीय सुधार गर्ने वा रणनीतिक साझेदार भित्र्याएर संचालन गर्ने वा निगमलाई कम्पनीमा रूपान्तरण गर्ने विकल्पसहित सुझावहरू प्राप्त भएका छन् । उपलब्ध विकल्पबारे विस्तृत अध्ययन र छलफल गरी निगमको आवश्यक सुधार गर्ने विषय मन्त्रालयको उच्च प्राथमिकतामा छ ।”

मन्त्री पाण्डेले हिमाल आरोहणलाई व्यवस्थित र सुरक्षित बनाउन मन्त्रालयले प्राथमिकताका साथ काम गरिरहेको सदनलाई जानकारी गराउनुभयो । सरकारले हालसम्म ४७२ वटा हिमाल आरोहणका लागि खुला गरेको तथा ती हिमालको प्रचारप्रसार र प्रवर्द्धनका काम धमाधम भइरहेको उहाँको भनाइ थियो । मन्त्री पाण्डेले पर्यटन विभागले आठ हजार मिटर अग्ला हिमालबारे आधारभूत जानकारीसहितको पुस्तिका प्रकाशन गरी प्रचार गरिरहेको जानकारी दिनुभयो ।

बैठकमा सांसदहरू सूर्यप्रसाद ढकाल, प्रेम सुवाल र माधव सापकोटाले पर्यटन मन्त्रालयसँग सम्बन्धित विभिन्न प्रश्न गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का