२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिक्षण अस्पतालको ४३ औँ वार्षिकोत्सव सम्पन्न

२०८२, ३० असार सोमबार १८:०६

काठमाडौँ | त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आज एक समारोहका बीच आफ्नो ४३औँ वार्षिकोत्सव सम्पन्न गरेको छ ।

वार्षिकोत्सव समारोहमा अस्पतालका कार्यकारी निर्देशक प्रा डा सुवासप्रसाद आचार्यले आगामी वर्षभित्र ‘रेडियोथेरापी’, ‘बोनम्यारो’ प्रत्यारोपण, र फार्मेसी विस्तारजस्ता महत्त्वपूर्ण सेवाहरू सञ्चालन गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार दैनिक दुई हजार २०० देखि दुई हजार ५०० बिरामी ओपिडीमा सेवा लिन आउने गर्दछन् भने आकस्मिक कक्षमा दैनिक १४० देखि १५० बिरामी आउने गरेका छन् । विपन्न तथा असहाय नागरिकका लागि ६३ वटा श्यया निःशुल्क प्रदान गरिएको उहाँले बताउनुभयो ।

डा आचार्यले अस्पतालमा हालसम्म ९०० वटा मिर्र्गाैला प्रत्यारोपण र १९ वटा कलेजो प्रत्यारोपण गरिसकेको जानकारी दिनुभयो । हाल अस्पतालमा ५८ वटा आइसियु, ९७ वटा ‘एचडियु बेड’ सञ्चालनमा छन् । वार्षिक करिब २० हजार बिरामीले डायलासिस सेवा लिने गरेका छन् ।

विसं २०८१ को वैशाखदेखि चैतसम्म पाँच लाख ३२ हजार ४२० जना बिरामीले ओपिडी सेवा प्राप्त गरेका छन् भने ४६ हजार ७६१ जनाले आकस्मिक सेवा लिएका छन् । सो अवधिमा २१ हजार १०६ वटा शल्यक्रिया सम्पन्न भएका छन् ।

वार्षिकोत्सवकै अवसर पारेर आज विस्तारित सेवा भवनको उद्घाटन गरिएको छ । यसै अवसरमा अस्पतालले १५ श्ययाको ‘इमर्जेन्सी ग्रिन एरिया वार्ड’ र अत्याधुनिक ‘थ्री टेस्ला एमआरआई’ सेवा पनि सञ्चालनमा ल्याएको छ ।

विसं २०३८ मा स्थापना भएको त्रिवि शिक्षण अस्पतालले २०४० सालको असार ३० गतेदेखि ओपिडी सेवा सुरु गरेको थियो । हाल अस्पताल एक हजार ५० वटा श्ययामा सञ्चालित छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण