१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’

३० असार २०८२, सोमबार १८:११

काठमाडौँ | भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको बताउनुभएको छ ।
प्रनिधिनिसभाको आजको बैठकमा मन्त्रालयगत प्रश्नोउत्तरमा उहाँले भूमिसम्बन्धी जुनसुकै समस्या भए पनि समाधान गर्न तयार रहेको बताउनुभयो ।

मन्त्री अधिकारीले भूमिसँग जोडिएका विभिन्न प्रथाको अन्त्य गरिने बताउनुभयो । विर्ता उन्मूलन ऐन आइसकेपछि विर्ता जग्गा कमाउने व्यक्तिका नाममा दर्ता गर्ने गरी म्याद तोकिएकामा विविध कारणबस केही जिल्लामा काम हुन बाँकी रहेको र त्यो काम तत्काल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री अधिकारीले भन्नुभयो, “विर्ता समस्याको समाधान गर्न आवश्यक कानुनी प्रबन्ध मिलाई यसै आर्थिक वर्षमा वास्तविक किसानका नाममा जग्गा दर्ता गर्ने प्रक्रिया थालनी गर्ने गरी नेपाल सरकारले काम गरिरहेको छ ।”

सांसद प्रेम सुवालको प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले मुक्तकमैयालगायत उत्पीडित समुदायको उत्थानका लागि सरकारले गरेको प्रयासलाई थप प्रभावकारी बनाउन विसं २०७६ मा वित्तीय स्रोतसहित जिम्मेवारी स्थानीय तहमा हस्तान्तरण गरिएको बताउनुभयो ।

स्थानीय तहमार्फत भइरहेका प्रयासको समेत लेखाजोखा गरी समाजमा उपेक्षित र उत्पीडित जीवन व्यतीत गर्न बाध्य समुदायको हितका लागि सरकारले आवश्यक नीति तथा कार्यक्रम सञ्चालन गर्ने उहाँको भनाइ थियो ।

मन्त्री अधिकारीले व्यवस्थापन गर्न बाँकी रहेका मुक्तकमैया, हलिया, कमलहरी, बालीघरे, हरवाचरवा, खली, डोली, उखडाहरूलाई बसोबास गरेकै ठाउँमा भूमि समस्या समाधान आयोगले भूमि उपलब्ध गराउने बताउनुभयो ।

सांसद माधव सापकोटाको प्रश्नमा मन्त्री अधिकारीले गुठीसम्बन्धी समस्या धेरै स्थानमा भएको र त्यसबारे सरोकार भएकाहरूसँग छलफल गरी कानुनी मस्यौदा तयार भइरहेको बताउनुभयो ।

“गुठी कानुनमा गर्नुपर्ने सुधारका विषयमा मन्त्रालय र गुठी संस्थानबाट विभिन्न गुठीयार, विज्ञ र सरोकार भएकासँग छलफल गरिएको छ”, उहाँले भन्नुभयो, “गुठीसँग सम्बन्धित कानुनको मस्यौदा तयार गर्ने समिति गठन गरी प्रक्रिया अगाडि बढाएको छ ।”

सिन्धुपाल्चोकलगायत देशभर करिब दुई हजार ३०० गुठी, राजगुठी÷सार्वजनिक (छुट, अमानत) गुठी अभिलेखमा जनिएका छन् । ती गुठीअन्तर्गतका जग्गाको प्रकृतिअनुसार निजी गुठी (तैनाथी, अधिनस्थ, रैतान नम्बरी) अन्तर्गत १४ लाख ५० हजार रोपनी जग्गा रहेको छ । गुठी किसानलाई परेको मर्काका विषयमा गुठी संस्थान ऐन, २०३३ बमोजिम सम्बोधन गर्न सकिने विषयमा गुठी संस्थानबाट कामकारबाही भई आएको छ ।

मन्त्री अधिकारीले धार्मिक सास्कृतिक हिसाबले गुठी अत्यन्त संवेदनशील विषय भएकाले सरोकार भएकाहरूको चासोलाई समेत सम्बोधन गर्ने गरी गुठी विधेयक मस्यौदालाई अन्तिम रूप दिई संसद्मा पेस गर्ने तयारी भइरहेको बताउनुभयो ।

उहाँले विधेयकका सन्दर्भमा विभिन्न क्षेत्रबाट राय सुझाव प्राप्त भइरहेकाले तिनको अध्ययन एवं विश्लेषण गरी यथाशक्य छिटो अन्तिम रूप दिइने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का