१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अदालतको आदेशविपरीत कार्य गरेको भन्दै बालेन शाहलाई कारबाही गर्न माग

३१ असार २०८२, मंगलवार १७:१९

काठमाडौँ | प्रतिनिधिसभा सदस्य रेखा यादवले अदालतको आदेशविपरीत कार्य गरेको भन्दै काठमाडौँ महानगरका प्रमुख (मेयर) बालेन शाहलाई कारबाही गर्न माग गरेकी छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा उनले काठमाडौँ महानगरपालिकाले अदालतको आदेशविपरीत कवाड व्यवसायमाथि धरपकड गरेको भन्दै संलग्नमाथि कारबाही गर्न माग गरेकी हुन् । जनता समाजवादी पार्टी, नेपालकी सांसद यादवले अदालतको आदेशविपरीत कवाडी व्यवसायीहरूमाथि बालेन शाहबाट कायरतापूर्ण हमला भएको आरोप लगाइन् ।

रौतहटका राजाराम शाहले काठमाडौं महानगरपालिका–४ मा सञ्चालन गरेको कवाडी पसलमा महानगरले डोजर लगाएर तोडफोड गरेको भन्दै उनले अदालतको आदेशविपरीत कवाड व्यवसायीमाथि गरिएको कारबाहीमा संलग्न दोषीमाथि कारबाही गर्न माग गरेकी हुन् ।‘काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको कायरतापूर्ण व्यवहारको हाम्रो पार्टी घोर भत्सर्ना गर्दछ,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का