१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नक्कली सुन देखाई ठगी गरेको अभियोगमा तीन जना पक्राउ

१ श्रावण २०८२, बुधबार १४:५८

काठमाडौँ | नक्कली सुन देखाई ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ललितपुर सातदोबाटो बस्ने ताप्लेजुङ फाकुम्बा गाउँपालिका-६ घर भएका ६० वर्षीय कर्णध्वज लिम्बु, रामेछाप शैलुङ्ग गाउँपालिका-८ दोरम्बा घर भएका ३६ वर्षीय बिजय तामाङ र ताप्लेजुङ मेरिङदेन गाउँपालिका-२ घर भएका ४४ वर्षीय बिरेन लिम्बु रहेका छन्।

सुन जस्तो देखिने धातुको ढिक्कालाई ‘सुन हो सस्तोमा दिन्छु’ भनी प्रलोभनमा पारी २०८१ मंसिर ८ गते ललितपुर महानगरपालिका-२१ खोकना बस्ने एक जना पीडितबाट नगद २५ लाख रूपैयाँ र २०८२ असार १८ गते भक्तपुर सूर्यविनायक नगरपालिका-४ बस्ने काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-१ घर भएका एक जना पीडितबाट नगद ७ लाख रूपैयाँ ठगी गरी फरार रहेको घटनाको अनुसन्धानको क्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौँ टोखा नगरपालिका-५ श्रीटोलबाट पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का