१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंका मेयर बालेनको नेतृत्वप्रति आक्रोश – ‘तपाईं पनि बोलेर मात्रै बस्ने कि काम पनि गर्ने?’

१ श्रावण २०८२, बुधबार १७:०९

काठमाडौं | काठमाडौं महानगरपालिकाको १७औँ नगरसभामा नगरसभा सदस्य सन्तोष ढुंगेलले मेयर बालेन्द्र साहको नेतृत्वप्रति आक्रोश व्यक्त गरेका छन्। उनले शालिक निर्माणदेखि शिक्षा नीति र गरिब नगरवासीको आवास अधिकारसम्मका विषयमा गम्भीर प्रश्न उठाउँदै महानगरको कार्यशैलीलाई कटाक्ष गरे।

ढुंगेलले १६औँ नगरसभामा मेयर साहले काठमाडौंका प्रथम मेयर पीएल सिंहको शालिक राष्ट्रियसभा गृहमा बनाउने घोषणा गरे पनि अझै कार्यान्वयनमा नआएकोमा प्रश्न उठाए ।

‘तपाईं पनि बोलेर मात्रै बस्ने कि काम पनि गर्ने?’, उनले प्रश्न गर्दै भने, ‘काठमाडौंका प्रथम मेयरको शालिक बनाउँछु भनेको कुरा अझै पूरा भएन। तपाईं पनि बोल्ने मात्रै हो भने बोलिरहनु, तर काम गर्ने भए गर्नु पर्‍यो।’

ढुंगामाटोको घरमा प्रतिबन्धको विरोध

नगरका गरिब बासिन्दाले ढुंगा माटोले घर बनाउन नपाउने नीतिप्रति पनि उनले आपत्ति जनाएका छन् ।

‘महानगरको मैत्री भवन ढुंगामाटोले बन्न सक्छ, यहाँका सयौँ सम्पदा पनि ढुंगा माटोले बनेका छन्’, उनले भने, ‘तर निजी घरलाई किन बन्देज? महानगरले यसरी दोहोरो मापदण्ड अपनाउनु भएन ।’

उनले जग्गा भएका नगरबासी गरिबहरूलाई ढुंगा माटोको घर बनाउन दिनुपर्ने बताए । ‘यो महानगरको नीति हुनु पर्ने हो, निषेध होइन’, उनले भने ।

शिक्षा नीतिमा ‘माटोको सुगन्ध’

महानगरको शिक्षा नीतिप्रति बोल्दै ढुंगेलले नेपालका सम्पदाहरूलाई बेवास्ता गरिएकोमा असन्तुष्टि जनाए।

‘हामी अमेरिका, बेलायत र आइफेल टावर पढाउँछौँ, तर असार २९ गते भानुभक्तलाई सम्झिँदैनौँ,’ उनले भने, ‘हामीले विद्यार्थीलाई स्थानीय इतिहास र सम्पदाको अध्ययन गराउनुपर्छ ।’

उनले बुक फ्री फ्राइडे कार्यक्रमको समेत आलोचना गरे । ‘हामीकहाँ बुक फ्री फ्राइडे कार्यक्रममा पनि ५५ झ्याले दरबारबारे पढाइ हुँदैन’, उनले भने, ‘हाम्रा सम्पदाबारे विद्यार्थीलाई बुझाइँदैन। अमूर्त सम्पदाहरूलाई पाठ्यक्रममा समावेश गर्न शिक्षा नीति परिमार्जन आवश्यक छ।’

विद्यालयका सटरबारे प्रश्न

महानगरले विद्यालयहरूमा बनाइएका सटरहरू भत्काएपछि नि:शुल्क शिक्षा सेवा प्रभावित भएको भन्दै ढुंगेलले चिन्ता व्यक्त गरे।‘स्कुलका सटर भत्काएपछि महानगरले पैसा नपठाइदिँदा स्कुलको स्रोत सुकेको छ,’ उनले भने, ‘यदि सटर बन्द गरिदिएको पैसा नदिने हो भने स्कुललाई नै ती सटर चलाउन दिने व्यवस्था गरिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का