काठमाडौँ | कोठा भाडामा लिएर अवैध लागु औषधको कारोबार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले उपत्यकाबाट तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मोरङको बेलबारी नगरपालिका–३ घर भएकी ३२ वर्षीया निकु राई, कुंगा तामाङ र पदम बहादुर मेहता छन् ।
आफू बस्ने डेरा कोठा भन्दा छुट्टै कोठा भाडामा लिएर उनीहरुले लागु औषध कारोबार गरेको पाइएको ब्यूरोका प्रवक्ता तथा एसपी जनकबहादुर शाहीले बताए । राईले बालाजु गंगाहल नजिक कोठामा लुकाएर राखेको अवस्थामा ३५ हजार ५९० क्याम्पसुल ट्रामाडोल र साढे १२ किलो गाँजा बरामद भएको छ । त्यसैगरी कुंगा र पदमको कोठाबाट बुप्रनोर्फिन, डाइजापाम, फेनार्गन गरी ३१ हजार १०१ एम्पुल बरामद भएको छ ।