१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गगन थापाले सविधान संशोधनको लागि सुरुमा कांग्रेसले कार्यदल गठन गरेर काम सुरु गर्ने बताए

३ श्रावण २०८२, शुक्रबार १८:०३

काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान संशोधनको लागि सुरुमा कांग्रेसले पार्टीभित्र कार्यदल गठन गरेर काम सुरु गर्ने बताएका छन् ।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघको स्थापना दिवसको अवसरमा काठमाडौँमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले उक्त जानकारी दिएका हुन् ।‘अस्तिको केन्द्रीय समितिको बैठकबाट हामीले दुइटा महत्वपूर्ण निर्णयहरू गरेका छौं, हामी कांग्रेस पार्टीभित्रै एउटा कार्यदल बनाउँछौँ। त्यो कार्यदलले पार्टीभित्र पनि सघन छलफल गर्छ, पार्टीको मत बनाउँछ,’ उनले भने, ‘पार्टीको मत बनाइसकेपछि त्यो कार्यदलले नेकपा एमालेसँग मिलेर सात बुँदामा व्यक्त भएको ढंगले अर्को कार्यदल बन्छ र त्यहाँ गएर पार्टीको दृष्टिकोण राख्छ।’

महामन्त्री थापाले कांग्रेस र एमालेका साझा दृष्टिकोणहरू बनिसकेपछि मात्रै माओवादीलगायतका अरू दलहरूसँग संवाद गर्ने बताए ।‘यसरी देशलाई हामी संविधान संशोधनको बाटोतिर लिएर जान्छौँ, हाम्रो बुझाइ प्रष्ट छ,’ उनले भने । संघीयताको झन्डै एक दशक लामो अभ्यासको क्रममा प्रदेश चल्ने तरिका र संघ सरकारले प्रदेशलाई अधिकार दिन नचाहेको सबै अनुभव गरिएको थापाले बताए । उनले यही अनुभवको आधारमा संघीयताबारे निर्मम भएर समीक्षा गर्दै अगाडि बढ्नुपर्ने उल्लेख गर्दै भने, ‘संघीयता चलाउनका निम्ति हामीले केही कुराहरू संघले सबैभन्दा बढी छोड्नुपर्ने छ।’

महामन्त्री थापाले लामो छलफलपछि संघमा ७/८ वटा मन्त्रालय भए पुग्ने निष्कर्षमा पुगेको बताए । ‘संघमा जम्मा सात-आठवटा मन्त्रालय भए पुग्छ। संघीयतामा देश गइसकेपछि सबै अधिकार माथि लगेर हामीले माथि लगेर राखिरहेका छौँ। त्यहाँबाट सुरुवात गर्नुपर्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का