१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेमा थपिए एक लाख भन्दा बढी नयाँ सदस्य, कूल संख्यामा २८ प्रतिशतले वृद्धि

६ श्रावण २०८२, सोमबार १६:०३

काठमाडौँ | नेकपा एमालेको सोमबारदेखि सुरू केन्द्रीय कमिटी बैठक एक लाख ३९ हजार नयाँ सदस्य थपिएको विवरण प्रस्तुत गरिएको छ ।

सोमबार भएको छलफलमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई ‘निर्णायक राष्ट्रिय शक्ति’का रूपमा स्थापित गर्ने लक्ष्यसहित अघि बढ्न पनि नेतृत्वलाई निर्देशन दिएका छन् ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीले थालेको सदस्यता अभियानका क्रममा हालसम्म देशभर १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन् । उनका अनुसार ती कूल सदस्यताको २८ प्रतिशत वृद्धि हो। ‘पार्टी थप मजबुत र क्रियाशील भएर अघि बढेको देखिएको छ,’ उनले भने ।

बैठकमा अध्यक्ष ओलीले ७० वर्षे उमेर हद र कार्यकारी पदमा दुई कार्यकाल सीमाको विषयमा पनि विचार राखेको उनले बताए । ‘जसले जे धारणा राखे पनि निर्णय प्रक्रियामा एकमत देखियो,’ उनले भने ।

अध्यक्ष ओलीले नेताहरूलाई अफवाह फैलाउने कार्य नगर्न र पार्टी सुदृढ बनाउन सबै लाग्नुपर्ने धारणा राखेको गौतमले बताए ।

बैठकमा पार्टी महासचिव शंकर पोखरेलले देशभरको सांगठनिक अवस्था र अभियानको प्रगति विवरण प्रस्तुत गर्दैछन् ।

एमालेले आगामी भदौ २०–२२ गते काठमाडौंको गोदावरीमा विधान महाधिवेशन गर्ने तयारी गरिरहेको छ। यस बैठकलाई विधान संशोधन, सांगठनिक स्पष्टता, सदस्यता अभिवृद्धि र राजनीतिक रणनीति निर्माणको दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव