२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय सभामा सांसदले भने-‘भ्रष्टाचारीको मुख हेर्दिन भन्ने साइनबोर्ड फालिदिए हुन्छ’

२०८२, ७ श्रावण मंगलवार १४:५९

काठमाडौँ | राष्ट्रिय सभा सदस्य सुरेश कुमार आले मगरले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता अनुसार काम हुन नसकेको बताएका छन् । मंगलबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो प्रतिविद्धतासहितको बोर्डहरू झिकेर फालिदिन सुझाएका हुन् ।

‘म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार हुन दिन्न, भ्रष्टाचारको मुख पनि हेर्दिन भन्ने साइनबोर्डहरू निकालेर फालिदिए हुन्छ’, सांसद आलेले भने, ‘किनकि भ्रष्टाचार जताततै छ्याल्लब्याल्ल देखिन्छ । जताततै भ्रष्टाचार देखिन्छ ।’कास्कीको पोखरास्थित क्षेत्रको १३४ रोपनी जग्गा हडप्न घुस लेनदेन गरेको अडियो सार्वजनिक भइसकेपछि पनि प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठकमा तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई राखेको उनले बताए । गुप्ताले आरोप लागेसँगै राजीनामा दिइसकेका छन् ।

तर, अर्को मन्त्री समेत आरोपित रहेको उनले बताए । ‘‘ अर्को मन्त्री पाइपलाइनमा हुनुहुन्छ । उहाँलाई जोगाउने लाइन छ कि छैन थाहा छैन’, सांसद आलेले भने । कास्कीको पोखरास्थित लिचिबारीको १३४ रोपनी जग्गा हडप्न घुस लेनदेन गरेको आरोप भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई पनि लागेको छ । तर, सार्वजनिक अडियो मन्त्री अधिकारीले स्विकारेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण