२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय सभामा सांसदले भने-‘भ्रष्टाचारीको मुख हेर्दिन भन्ने साइनबोर्ड फालिदिए हुन्छ’

७ श्रावण २०८२, मंगलवार १४:५९

काठमाडौँ | राष्ट्रिय सभा सदस्य सुरेश कुमार आले मगरले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता अनुसार काम हुन नसकेको बताएका छन् । मंगलबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो प्रतिविद्धतासहितको बोर्डहरू झिकेर फालिदिन सुझाएका हुन् ।

‘म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार हुन दिन्न, भ्रष्टाचारको मुख पनि हेर्दिन भन्ने साइनबोर्डहरू निकालेर फालिदिए हुन्छ’, सांसद आलेले भने, ‘किनकि भ्रष्टाचार जताततै छ्याल्लब्याल्ल देखिन्छ । जताततै भ्रष्टाचार देखिन्छ ।’कास्कीको पोखरास्थित क्षेत्रको १३४ रोपनी जग्गा हडप्न घुस लेनदेन गरेको अडियो सार्वजनिक भइसकेपछि पनि प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठकमा तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई राखेको उनले बताए । गुप्ताले आरोप लागेसँगै राजीनामा दिइसकेका छन् ।

तर, अर्को मन्त्री समेत आरोपित रहेको उनले बताए । ‘‘ अर्को मन्त्री पाइपलाइनमा हुनुहुन्छ । उहाँलाई जोगाउने लाइन छ कि छैन थाहा छैन’, सांसद आलेले भने । कास्कीको पोखरास्थित लिचिबारीको १३४ रोपनी जग्गा हडप्न घुस लेनदेन गरेको आरोप भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई पनि लागेको छ । तर, सार्वजनिक अडियो मन्त्री अधिकारीले स्विकारेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ