१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धरानमा बनेको मेरो सालिक कसैले नभेट्ने गरी गाडिदिनू: सुदन किराँती

८ श्रावण २०८२, बुधबार १३:२७

काठमाडौँ | माओवादी केन्द्रका नेता तथा सांसद् सुदन किराँतीले सुनसरीको धरानमा बनाइएको आफ्नो सालिक कसैले नदेख्ने र नभेट्ने गरी गाडिदिन आग्रह गरेका छन्।

पूर्वमन्त्रीसमेत रहेका किराँतीले बुधबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै धरानमा निर्माण गरिएको आफ्नो सालिक कसैले नदेख्ने र कसैले कहिल्यै नभेट्ने गरि गाडिदिन स्थानीय सरकारसँग माग गरेका हुन्।

‘धरानमा मेरो सालिक बनाइदिनुहुने सबैलाई हृदय भित्रबाटै उच्च सम्मान गर्दछु,’ उनले लेखेका छन्, ‘सबैमा स्मरण रहोस्, मलाई मेरो सालिक बनाउने चाहना अहिले पनि छैन र पछि पनि हुने छैन। साँच्चै भन्नुपर्दा मान्छेको सालिक बनाउने र सालिकलाई पूजा गर्ने संस्कृतिको सिद्धान्ततः म विरोधी हुँ। फेरि मैले शालिक बनाउनु पर्ने किसिमको देशलाई योगदानपनि के नै पो गरेको छु र? त्यसैले त्यो बनाइएको सालिक कसैले नदेख्ने ठाउँमा र कसैले कहिल्यै नभेट्नेगरि लगेर गाडिदिनु हुन स्थानीय सरकार धरानसँग माग गर्दछु।’

उनले अगाडि थप लेखेका छन्, ‘कुनैपनि विषयमाथि प्रतिकृया हेर्दा महसुस भयो कि, शब्दहरुले आफैँ आत्महत्या गरिरहेको छ। सामाजिक सन्जालमा विचार व्यक्त गर्दा स्वभाविक रुपमा दुनियाँसामु आफ्नो योग्यताको पनि मापन भइरहेको हुन्छ। त्यसैले सभ्य र स्तरीय टिप्पणी गर्दा हामी सबैका लागि स्वस्थ्यकर हुन्छ होला भन्ने टिप्पणीकर्ताहरुप्रति पनि विनम्रताको साथ सुझाव गर्दछु।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव