२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधिसभामा रास्वपा र राप्रपाको अवरोध जारी, बैठक बहिष्कार

२०८२, ८ श्रावण बुधबार १३:५२

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा बैठकमा अवरोध जारी राखेका छन्। बुधबार प्रतिनिधिसभा बैठक सुरु हुने बित्तिकै दुवै पार्टीका सांसदहरूले अवरोध सुरु गरेका हुन्। त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपाका सांसद विन्दवासिनी कंसाकारलाई बोल्न दिएका थिए।

सांसद कंसाकारले तस्करहरू अझै सरकारसँग नडराएको भन्दै उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने बताइन्। स्पेनको कार्यक्रममा समेत नक्कली सहभागी बनाएर लगेको तथ्य सार्वजनिक हुँदा समेत सरकारले नदेखेको उनले बताइन्। उनले यस विषयमा उच्चस्तरीय न्यायिक वा संसदीय समिति नबनेसम्म आन्दोलन रहने उल्लेख गरिन्। सांसद कंसाकारले घुस प्रकरणमा जोडिएका मन्त्रीहरूमाथि कारबाही गर्न माग गरिन्।

त्यसपछि बोलेका राप्रपाका सांसद राजेन्द्र लिङ्देनले मन्त्रीहरूमा कसले बढी कमाउने, कसले बढी भ्रष्टाचार गर्ने भन्नेमा प्रतिस्पर्धा चलिरहेको बताए। उनले अडियो बाहिर आएका मन्त्रीहरूमाथि छानबिन हुनुपर्ने माग गरे। त्यसपछि रास्वपा र राप्रपाका सांसदले संसद् बहिष्कार गर्दै बाहिरिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण