२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई ठूला पार्टी मिलेर बनेको अहिलेको सरकारले देश लुट्ने टेण्डर पारेकोजस्तो व्यवहार भएको : राजेन्द्र लिङ्देन

८ श्रावण २०८२, बुधबार १४:०८

काठमाडौँ | प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दल नेता राजेन्द्र लिङ्देनले दुई ठूला पार्टी मिलेर बनेको अहिलेको सरकारले देश लुट्ने टेण्डर पारेकोजस्तो व्यवहार भएको बताएका छन्। बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपा अध्यक्षसमेत रहेका लिङ्देनले देश लुट्न टेण्डर नै पारेको जसरी भ्रष्टाचार प्रकरणमा मन्त्री नै मुछिएपनि सरकारले छानबिन नगरेको आरोप लगाएका हुन्।

‘टेण्डर पारेर यसरी प्रतिस्पर्धा चलिराखेको छ कि कुन मन्त्रीले कुन मन्त्रीभन्दा छिटो र कसले धेरै कमाउने भन्ने प्रतिस्पर्धा चलेको छ। एक दुई मन्त्रीको कुरा होइन। सार्वजनिक रूपमा चर्चामा आएका विवादमा आएका एक दर्जन मन्त्रीहरुको छानबिन गर्नुपर्ने अवस्था आएको छ। अब भ्रष्टाचार कहाँ कहाँ छ भनेर खोज्नुपरेन। कहाँ चाहिँ छैन भनेर खोज्नुपर्ने अवस्था छ,’ उनले भने।

‘जबसम्म राजनीतिक क्षेत्रलाई छानबिन र कारबाहीमा नल्याइन्जेल तबसम्म भ्रष्टाचार नियन्त्रणको कल्पना पनि गर्न सकिँदैन,’ उनले भने। यसबारेमा दुई महिनादेखि संसदमा आवाज उठाउँदै आए पनि सरकारले सुने नसुनेको गरेको बताए। ‘निरन्तर आवाज उठाउँदै आएका छौं। सुनेको नसुनै गरेर यो टेण्डर हामीले पारेका हौं। अरू कराउँदै गर्छन्। बैधानिकता हामीसँगै छ हामी अगाडि बढ्छौं। जसले सक्छ जति सक्छ खाने हो भनेर संसद अगाडि बढाउने काम भइरहेको छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल