२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुई ठूला पार्टी मिलेर बनेको अहिलेको सरकारले देश लुट्ने टेण्डर पारेकोजस्तो व्यवहार भएको : राजेन्द्र लिङ्देन

२०८२, ८ श्रावण बुधबार १४:०८

काठमाडौँ | प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दल नेता राजेन्द्र लिङ्देनले दुई ठूला पार्टी मिलेर बनेको अहिलेको सरकारले देश लुट्ने टेण्डर पारेकोजस्तो व्यवहार भएको बताएका छन्। बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपा अध्यक्षसमेत रहेका लिङ्देनले देश लुट्न टेण्डर नै पारेको जसरी भ्रष्टाचार प्रकरणमा मन्त्री नै मुछिएपनि सरकारले छानबिन नगरेको आरोप लगाएका हुन्।

‘टेण्डर पारेर यसरी प्रतिस्पर्धा चलिराखेको छ कि कुन मन्त्रीले कुन मन्त्रीभन्दा छिटो र कसले धेरै कमाउने भन्ने प्रतिस्पर्धा चलेको छ। एक दुई मन्त्रीको कुरा होइन। सार्वजनिक रूपमा चर्चामा आएका विवादमा आएका एक दर्जन मन्त्रीहरुको छानबिन गर्नुपर्ने अवस्था आएको छ। अब भ्रष्टाचार कहाँ कहाँ छ भनेर खोज्नुपरेन। कहाँ चाहिँ छैन भनेर खोज्नुपर्ने अवस्था छ,’ उनले भने।

‘जबसम्म राजनीतिक क्षेत्रलाई छानबिन र कारबाहीमा नल्याइन्जेल तबसम्म भ्रष्टाचार नियन्त्रणको कल्पना पनि गर्न सकिँदैन,’ उनले भने। यसबारेमा दुई महिनादेखि संसदमा आवाज उठाउँदै आए पनि सरकारले सुने नसुनेको गरेको बताए। ‘निरन्तर आवाज उठाउँदै आएका छौं। सुनेको नसुनै गरेर यो टेण्डर हामीले पारेका हौं। अरू कराउँदै गर्छन्। बैधानिकता हामीसँगै छ हामी अगाडि बढ्छौं। जसले सक्छ जति सक्छ खाने हो भनेर संसद अगाडि बढाउने काम भइरहेको छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण