२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा

२६ मंसिर २०८२, बिहीबार ११:५३

काठमाडौँ | विश्व प्रसिद्ध हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनको सौराहामा आयोजना हुने भएको छ । नेपालको आधिकारी राष्ट्रिय वितरक म्याक्सिमा मल्टिनेशनल ट्रेडिङ प्रालीले यही मङ्सिर २७ गते संयोजन गर्ने भेलालाई हिक भिजन चीनका नेपाल देशीय व्यवस्थापक लियोन झिले विशेष सम्बोधन गर्नुहुने छ ।

सम्मेलनमा देशभरका हिक भिजन ‘ब्राण्ड’को नेपालको आधिकारी वितरकहरु सहभागी हुने कम्पनीका प्रबन्ध निर्देशक प्रमोदकुमार अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार वितरक भेलामा सूचना प्रबिधिका उद्यमी, वितरक साझेदारले नवीनतम् विषय र हिक भिजनका उत्पादनसँग सम्बन्धीत ‘फ्रेन्ड्लि सफ्टवेयर’का बारेमा जानकारी लिन सक्ने छन् ।

भेलामा आगामी सन् २०२६ को योजना, सन् २०२५ को समीक्षा र सन् २०२४ को डिलर पार्टनको तर्फबाट उत्कृष्ट दश डिलरलाई सम्मान तथा अन्य डिलरलाई सम्मान गरिने उहाँले बताउनुभयो । म्याक्सिमा मल्टिनेशनल ट्रेडिङ प्रालीका सञ्चालक समितिका अध्यक्ष एवम् कार्यकारी निर्देशक मणिकुमार तामाङले हिक भिजन ‘ब्राण्ड’ उपकरण विश्वासिला, गुणस्तरीय र भरपर्दाे रहेका बताउनुभयो । उहाँले भन्नुभयो, “हिक भिजन ‘ब्राण्ड’ उत्पादनको बार्षिक वितरक भेलाले आगामी दिनमा यसको प्रवद्र्धन गर्न सहयोग मिल्नेछ । ”

हाल हिक भिजन चीनबाट उत्पादित सिसिटिभी सर्भिलेन्स सम्बन्धी सम्बन्धी सिरिज घरयासी प्रयोजनदेखि पसल अफिस , विद्यालय , सभाहल टोल सार्वजनिक स्थल लगायत आदिमा प्रयोग गर्न मिल्ने क्षमताको सिसिटिभी , हाजिरी उपस्थिति उपकरण , स्मार्ट इन्टरआक्टिभ बोर्ड , लक सिस्टक , गेट ब्यारिअर , अलार्म सिष्टम , फायर स्मोक लगायतका डिटेक्टर सिष्टम, अण्डर भेहिकल सर्भिलियन्स सिष्टम एक्सर मेसिन लगायत उपकरण छन् ।

कार्यकारी निर्देशक तामाङलले भन्नुभयो “हिक भिजन चीनबाट उत्पादित उपकरण ,सरसमान नेपालको विभिन्न स्थानबाट अधिकारी बिक्रेता मार्फत ‘स्टलेशन’ को सुबिधा सहित प्राप्त गर्न सकिने छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला