२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विद्यालयलाई ४२ थान कम्युटर प्रदान

२०८२, २८ मंसिर शनिबार १२:४७

काठमाडौँ | काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको छ ।

काठमाडौँ–२६ ले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्नका लागि शुक्रबार शान्ति विद्या गृह मावि लैनचौरमा ३२ थान र लोकहित आधारभूत विद्यालयमा १० थान कम्युटर हस्तान्तरण गरेको हो । कम्युटर हस्तान्तरण कार्यक्रममा बोल्दै काठमाडौँ–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले सामुदायिक विद्यालयको गुणस्तर उकास्नका साथै समय अनुकूलको प्रविधिमैत्री शिक्षालाई जोड दिन ४२ थान कम्युटर प्रदान गरिएको जानकारी दिनुभयो ।

“विद्यालयमा शैक्षिक सामग्री मात्र भएर हुँदैन यसलाई भरपुर प्रयोग गर्नुपर्छ, यी दुई विद्यालयलाई महानगरको मात्र नभई देशकै नमूना विद्यालय निर्माण गर्न वडाले सहयोग गर्छ”, उहाँले भन्नुभयो । सरकारी विद्यालय धेरै राम्रो छ भन्ने सन्देश दिन जरुरी रहेको उहाँको भनाइ थियो ।

शान्ति विद्या गृह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं कामपा–२६ का पूर्ववडाध्यक्ष वर्षाराम भण्डारीले इतिहास बोकेको विद्यालयको शैक्षिक उन्नयनका लागि स्थानीय सरकारले गरेको सहयोगप्रति धन्यवाद दिनुभयो । शान्ति विद्या गृह माविका प्रधानाध्यापक विष्णुप्रसाद ढकालले शिक्षा क्षेत्रको सुधारका लागि स्थानीय सरकारले गरेको प्रयासप्रति आभार प्रकट गर्दे राम्रो नतिजा दिने गरी विद्यालयले अध्यापन गराउने बताउनुभयो ।

विसं २००४ मा स्थापना भएको शान्ति विद्या गृहमा हाल एक हजार २०० विद्यार्थी अध्ययनरत छन् भने लोकहित आधारभूत विद्यालयमा १०६ विद्यार्थी अध्ययनरत छन् । काठमाडौँ–२६ ले गत भदौ ११ गते स्टार अफिस इन्टरनेशनलसँग सम्झौता गरी रु २७ लाख ७६ हजार २०० लागतमा दुई विद्यालयमा कम्युटर ल्याब स्थापना गरेको कामपा–२६ का वडा सचिव केदार रिमालले राससलाई जानकारी दिनुभयो । कम्युटर प्रदान कार्यक्रममा वडा सदस्य बाबुकाजी महर्जन, प्रवेश श्रेष्ठ र रुपा विकको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला