2026-06-16 07:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मनाङे मन्त्रीको कुर्सीमा, मुद्दा सर्वोच्चमा

वैशाख २७, काठमाडौं | राजीव गुरुङ उर्फ ‘दीपक मनाङे’ गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्रीको कुर्सीमा दोस्रो पटक विराजनमान छन् ।

गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा आएका गुरुङ मन्त्रीको कुर्सीमा रहेकै बेला मंगलबार  सर्वोच्च अदालतमा भने उनीविरुद्धको कर्तव्य ज्यान उद्योगसम्बन्धी मुद्दा पेसीमा चढेर स्थगित भयो । 

मुद्दा स्थगित पुनरावेदकको कानुन व्यवसायीबाट भएको हो । पुनरावेदक महान्यायाधिवक्ताको कार्यालय हो । गुण्डा नाइके चक्रे मिलनलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा उनी दोषी ठहर भइसकेका हुन् । 

सर्वोच्चले पनि २०७४ माघमा सोही मुद्दामा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालत पाटनको फैसला सदर गरेको थियो ।

त्यहीबेला मनाङबाट उनी प्रदेश संसद् निर्वाचन निर्वाचित भए । निर्वाचित भएको ५ महिनामै उनी पक्राउ परे । ८ महिना कैद सजाय भुक्तान गरे । 

यद्यपि, जमानत बुझाएर थुनाबाहिरबाटै मुद्दा लड्न पाउने मुलुकी संहिताको सुविधा प्रयोग गरेर ६ पुस २०७५ मा थुनामुक्त भए । तर, थुनामुक्त गर्ने सर्वोच्चकै आदेशविरुद्ध पुनरावलोकन मुद्दा परेको हो । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ