१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रसुवाका पत्रकारका लागि क्षमता अभिवृद्धि तालिम

२९ मंसिर २०७९, बिहीबार ०२:५७

मङ्सिर २९, रसुवा | सूचना तथा प्रसारण विभागले रसुवाका पत्रकारका लागि क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ । बुधबारदेखि सदरमुकाम धुञ्चे ३० जनालाई तालिम दिन थालिएको हो ।   

दुर्गम क्षेत्रमा कार्यरत पत्रकारलाई तालिमको माध्यमबाट क्षमता अभिवृद्धि गराई समाचार लेखनमा दक्ष बनाउने अभिप्रायले तालिम दिन थालिएको सूचना तथा प्रसारण विभागका निर्देशक भरत गौतमले जानकारी दिनुभयो । अन्तर्वार्ता, फिचर, खोजमूलक, विकास, पर्यटन, जलविद्युत्, कृषिलगायतका विविध विषयमा प्रशिक्षण दिन थालिएको छ । सञ्चार मन्त्रालय मातहतको सरकारी निकायबाट यहाँका पत्रकारलाई पहिलो पटक तालिम प्रदान गरिनुका साथै स्थानीयस्तरमै प्रेसपास नवीकरण तथा नयाँ जारी एवं अनलाइन दर्तासमेत गर्न लागिएको प्रशिक्षक डा विजय मिश्रले जानकारी दिनुभयो ।   

यसैबीच नेपाल पत्रकार महासङ्घ रसुवा शाखाको छैटौँ साधारणसभा बुधबार सम्पन्न भएको छ । पत्रकार महासङ्घका जिल्ला अध्यक्ष केशवप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न साधारणसभामा महासङ्घका केन्द्रीय सदस्य ध्रुव रावल, नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ,  सूचना तथा प्रसारण विभागका निर्देशक गौतम, सहायक प्रमुख जिल्ला अधिकारी दयाराम गौतमलगायतको उपस्थिति थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह