१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भ्रष्टाचार नियन्त्रणको माग

१६ पुष २०७९, शनिबार ०६:४३

पुस १६, काठमाडौँ | सुशासनको अभाव र भ्रष्टाचारले मुलुकको विकासमा अवरोध गरी लोकतन्त्रलाई सबल बन्न नदिएकाले भ्रष्टाचार नियन्त्रण गरिनुपर्नेमा जोड दिइएको छ । 

ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआइ) नेपाल र यस संस्थासँग आबद्ध मुलुकभरका संस्थाको भेलाले नवगठित सरकारसँग भ्रष्टाचार नियन्त्रणको काम गर्न ध्यानाकर्षण गराएको छ । हालै सम्पन्न आम निर्वाचनमा भ्रष्टाचार विरोधी जनभावना सशक्तरुपमा जाहेर भएको र निर्वाचनपछि गठित नयाँ सरकारले भ्रष्टाचार नियन्त्रण एवं सदाचार प्रवद्र्धनका निम्ति कार्य गर्नुपर्ने टिआइ नेपालका अध्यक्ष पद्मिनी प्रधानाङ्गले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । 

 सरकारले देश र जनताको अपेक्षानुरुप भ्रष्टाचार नियन्त्रण तथा सदाचार प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राखी सशक्त एवं प्रभावकारीरुपमा, स्पष्ट परिणाम देखिने गरी कार्य गरोस् भनी टिआइ नेपाल र सोसँग आबद्ध संस्थाको भेलाले माग गरेको पनि उहाँले राससलाई जानकारी दिनुभयो । 

भेलामा महिला जागरण सङ्घ इलाम, नागरिक सरोकार मञ्च मोरङ, सङ्कल्प समुदायमा आधारित पुनःस्थापना नेपाल सुनसरी, मानव अधिकार र वातावरण विकास केन्द्र नेपाल उदयपुर, मानव अधिकार सचेतन तथा विकास केन्द्र दोलखा, भ्रष्टाचारविरुद्ध अभियान चितवनको कार्यक्रममा सहभागिता थियो ।

यसैगरी सुशासनका लागि नागरिक समाज पोखरा, पारदर्शी नेपाल सिद्धार्थनगर रुपन्देही, पारदर्शी सरोकार समूह बुटवल, सुशासन अभियान गुल्मी, बागेश्वरी असल शासन क्लब नेपालगञ्ज, नागरिक सरोकार सङ्घ सुर्खेत, सदाचारका लागि सामाजिक पहल धनगढी, समाज कल्याण समाज दार्चुलाका प्रतिनिधिको भेलामा सहभागिता रहेको अध्यक्ष प्रधानाङ्गले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह