2026-10-07 06:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

पनौती सङ्ग्रहालयमा विदेशी अवलोकर्ताको आगमन बढ्दै

काठमाडौँ | ऐतिहासिक नगर काभ्रेपलाञ्चोकको पनौतीस्थित सङ्ग्रहालयमा विदेशी अवलोकनकर्ताको आगमन बढ्दै गएको छ । करिब १५ वर्षअघि धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्त्व झल्काउने सामग्री एवं पहिचान भण्डारका रूपमा स्थापित सङ्ग्रहालयमा पछिल्लो समय विदेशी अवलोकनकर्ताको आगमन बढ्दै गएको हो ।

पनौतीस्थित इन्द्रेश्वर महादेव मन्दिर परिसरमा स्थापित यो सङ्ग्रहालय जिल्लाकै पहिलो र एक मात्र सङ्ग्रहालय हो । विगत एक वर्षमा तीन हजार ५०० विदेशी अवलोकर्ताले सङ्ग्रहालयको अवलोकन गरेका जनाइएको छ ।

करिब चार हजार ५०० अवलोकनकर्तामध्ये तीन हजार ५०० विदेशी रहेका सङ्ग्रहालयका प्रमुख राजेन्द्र महाजुले जानकारी दिनुभयो । उहाँका अनुसार पुराना सिक्का, कागजी नोट, स्थानीय रूपमा प्रयोग भएका घरायसीवस्तु पनि सङ्ग्रहालयमा राखिएका छन् ।

विसं २०६७ मा पनौती नगर कार्यालयले सञ्चालनमा ल्याएको यस सङ्ग्रहालयमा जिल्ला तथा विशेषगरी पनौतीका पुराना र ऐतिहासिक वस्तुको संरक्षण गरिएको महाजुले बताउनुभयो । “सङ्ग्रहालयमा पनौतीको विकास, यहाँका पुराना गतिविधि, मठमन्दिरलगायत उपलब्ध शिलालेखको अवलोकन गर्न पाइन्छ । स्थानीयको सक्रियतामा नगर कार्यालयसँग सहकार्य गरी सञ्चालनमा ल्याइएको सङ्ग्रहालयमा मल्लकालीन, शाहकालीन समयका मूर्ति, काष्ठकलाका नमूना, विभिन्न पहिरन तथा पुराना हातहतियार राखिएका छन्”, उहाँले भन्नुभयो ।

धार्मिक, ऐतिहासिक र पर्यटकीय गन्तव्य एवं पवित्र धार्मिकस्थल भएकाले यहाँको महत्त्व बढ्दै गएको प्रमुख महाजुले बताउनुभयो । यहाँ स्मारक समिति बनाएर सङ्ग्रहालय सञ्चालनमा ल्याइएको थियो । सङ्ग्रहालयमा हस्तकलाका सामग्री पनि राखिएका छन् । इन्द्रेश्वर मन्दिर परिसरमा रहेकाले यहाँ आउने अधिकांश आन्तरिक तथा बाहिरी पर्यटकले सङ्ग्रहालयको अवलोकन गर्छन् ।

महाजुका अनुसार विदेशी पर्यटकको आगमन गत वर्ष मात्र नभई केही वर्षदेखि बढ्दै गएको हो । पुरातत्व विभागको मापदण्डअनुसार सञ्चालित सङ्ग्रहालयमा पुराना सामग्री भए प्रदर्शनका लागि स्थानीयलाई उपलब्ध गराउन नगर कार्यालयले आग्रह गर्दै आएको छ ।

धार्मिक एवं ऐतिहासिक नगरी पनौतीस्थित त्रिवेणीघाट र स्नान गर्ने ठाउँको पनि आ–आफ्नै महत्त्व रहँदै आएको छ । पनौतीलाई विश्वसम्पदामा सूचीकृत गराउन नगर कार्यालयले पहल गरिरहेको छ ।

“यसको महत्त्व बुझेका सबैजसो पर्यटक यहाँ आउँछन्”, महाजुले भन्नुभयो । उहाँका अनुसार विभिन्न स्थानबाट सङ्ग्रहालयमा अवलोकन गर्न बर्सेनि सयौँको सङ्ख्यामा विद्यार्थी आउने गर्छन् । सङ्ग्रहालयमा अवलोकनका लागि विदेशी, स्वदेशी पर्यटक र विद्यार्थीलाई फरकफरक शुल्क तोकिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह : अब अलमल नगर्नुस्, पार्टीको रेल अगाडि बढिसक्यो प्रधानमन्त्री र श्रममन्त्रीको कुटनीतिक प्रयास विफल बन्ने संकेत: मलेसिया कामदार पठाउने-नपठाउने दवावमा नेपाल १५औँ महाधिवेशनले कांग्रेसको नीति र सोचमा बदलाव ल्याउनेछ : आङ्देम्बे कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु कांग्रेस महाधिवेशन : देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी सामान्य अङ्कले घट्यो नेप्से न्यायाधीश नियुक्तिमा समावेशी सिद्धान्त पालना गर्न नेपाल बारको माग इजरायल पठाइदिने भन्दै ठगी : सीआईबीद्वारा पीडितलाई जाहेरी दिन आग्रह नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल