2026-09-08 09:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट

काठमाडौँ | ललितपुर महानगरपालिका-२५ नक्खु खेला किनारमा जस्ताका टहरा बनाएर बसोवास गर्ने केही व्यक्तिहरूले अवैध रूपमा उत्पादन गरी बिक्री गर्दै आएको घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको छ ।

नख्खु खोलास्थित पुरुषोत्तम तुलाधारको जग्गा भाडामा लिई अवैध मदिरा उत्पादन हुँदै आएको सूचनाका आधारमा प्रहरी प्रभाग भैँसेपाटी बुङ्मतीका इञ्चार्जको नेतृत्वमा गएको प्रहरी टोलीले खानतलासी गर्दा ठूलो मात्रामा अवैध घरेलु मदिरा फेला पारेको थियो ।

मङ्गलबार गरिएको खानतलासीका क्रममा करिब एक सय लिटर अवैध घरेलु मदिरा र एक हजार २७० भन्दा बढी कच्चा पदार्थ नष्ट गरिएको प्रहरी प्रभागका इन्चार्ज एवं प्रहरी निरीक्षक शशीधर शर्माले आज जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरी टोलीले नियन्त्रणमा लिएको अवैध मदिरा र कच्चा पदार्थ जेसिबीको सहायताले खाल्टो खनेर पुरिएको छ ।

अखाद्य पदार्थबाट उत्पादित मदिरा सेवनबाट मानिसको स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै गैरकानुनी कार्य भएकाले त्यस्ता पदार्थ नष्ट गर्नुपरेको प्रहरी निरीक्षक शर्माले स्पष्ट पार्नुभयो । उहाँका अनुसार काभ्रेपलाञ्चोक स्थायी घर भई हाल नख्खुमा बसेर घरेलु मदिरा उत्पादन र बिक्रीमा संलग्न हुँदै आएकी रविना तमाङसहित अन्यलाई गैरकानुनी गतिविधिमा नलाग्न सचेत गराइएको छ ।

‘हर प्रहर, गाउँ र नगरी, टोल टोल’ मा शान्ति सुरक्षाको प्रत्याभूति दिलाएर सौहार्दता कायम गर्न आफूहरू खटिरहेको उल्लेख गर्दै प्रहरी निरीक्षक शर्माले समाजमा अशान्ति निम्त्याउने गतिविधिलाई रोक्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित