2026-08-07 01:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

शताब्दीपुरुष जोशीको सालिक अनावरण

काठमाडौँ | वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको १०६औँ जन्मजयन्तीका अवसरमा उहाँको सालिक अनावरण गरिएको छ ।

ललितपुर महानगरपालिका कार्यालय परिसरको अग्रभागमा रहेको झनाख्य मेट्रो पार्कमा निर्मित जोशीको अर्धकदको सालिक महानगरप्रमुख चिरीबाबु महर्जनले आज अनावरण गर्नुभएको हो । सालिक अनावरणपश्चात् महानगरप्रमुख महर्जनले स्वर्गीय जोशी मुलुककै गहना भएकाले उहाँको सम्मानमा जीवित छँदै उहाँको इच्छाअनुसार धेरै कामहरु सम्पन्न गरेको जानकारी दिनुभयो ।

‘ललितपुरको समृद्धि र सुशासनको आधार सम्पदा, संस्कृतिसहितको स्मार्ट सेवा र पूर्वाधार’ भन्ने नाराका साथ हामीले सेवाप्रवाह गरिरहेका छौँ, उहाँले महानगरपालिकाको नागरिक भएर सेवा पु¥याउनु भएकामा गर्व गर्छौं, भाषा, साहित्य, संस्कृति र कला क्षेत्रमा उहाँले गर्नुभएको अनुरोधलाई स्वीकार गरेर धेरै काम गरेका छौँ”, उहाँले भन्नुभयो ।

महानगरप्रमुख महर्जनले जोशीको इच्छाअनुरूप उहाँद्वारा लिखित ‘वैद्य बा’ चलचित्र आजदेखि लबिम मलमा प्रदर्शनमा ल्याइएको जानकारी गराउनुभयो । “जीवितै रहँदा जनताको छोराका नाममा टकमारी, हुलाक टिकट प्रकाशन भएको पहिलो इतिहास हो, एक सय वर्ष प्रवेश गर्दा विशाल जनसागरसहित बग्गीमा राखेर महानगर परिक्रमा गराएका थियौँ, आगामी दिनहरुमा पनि उहाँको योगदानलाई उजागर गर्न वार्षिक बजेटमा समावेश गरेर अन्य कार्यक्रम गर्छौं, यसका लागि उहाँको घरपरिवार र यहाँका जातीय समुदायको सहयोग आवश्यक छ”, उहाँले भन्नुभयो ।

महानगरप्रमुख महर्जनले स्व जोशीको योगदानलाई चिरकालसम्म स्मरणीय बनाउन महानगरले कुनै कमी नगर्ने बताउनुभयो । विक्रम संवत् १९७७ वैशाख ३० गते जन्मनुभएका जोशीको २०७९ असोज ३० गतेका दिन १०३ वर्षको उमेरमा निधन भएको थियो ।

ललितपुर महानगरपालिकाको अनुरोधमा जोशीले पु¥याउनुभएको योगदानको सम्मानमा जोशी जीवितै छँदै सरकारले उहाँको तस्बिर अङ्कित नेपाली मुद्रा, हुलाक टिकट प्रकाशित गरेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टिपरले स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी स्कुटरमा सवार युवतीको मृत्यु सरकारले नेपाली सेनालाई सस्तो बनाउने काम गर्‍यो : मिराज ढुंगाना ‘ब्लु बस’ महिलालाई छुट्याउन होइन, सुरक्षित बनाउन : मन्त्री बादी राष्ट्रियसभामा सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३ पेस १३.८२ अंकले घट्यो नेप्से, ४ अर्ब ६२ करोडको कारोबार ‘बीमा छ, सेवा छैन’ : स्वास्थ्य बीमाको अवस्थामाथि सांसद देवकोटाको कडा प्रश्न गृहमन्त्री सुधन गुरुङले मागे माफी निर्मला पन्त हत्या प्रकरणबारे गृहमन्त्रीको आग्रह: “यो विषय सदनमा पटक–पटक नउठाउनुस्” दुःख नभएको मानिस हुँदैन, दुःखलाई नै बल बनाएर अघि बढ्नुपर्छ: गृहमन्त्री गुरुङ राप्रपाले ३७ वर्षसम्म राजाको नाममा भोट संकलन गर्‍यो: धवलशमशेर जबरा ग्यासको अभाव र कालोबजारी भए फोन गर्न उद्योग मन्त्रालयको आग्रह आज राष्ट्रियसभाको बैठकमा गृहमन्त्री गुरुङले जवाफ दिने पेट्रोल ट्यांकर दुर्घटनामा परी भएको आगलागी नियन्त्रणमा ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते एकैदिन ८ हजारले बढ्यो सुनको मूल्य, कति पुग्यो ? काठमाडौँसहित ३० जिल्लामा आकस्मिक बाढीको जोखिम साइप्रसमा नेपाली दूतावास स्थापनाका लागि दवाव दिन तीन हजार जनाले गरे प्रत्यक्ष हस्ताक्षर अनावश्यक ग्यास भण्डारण नगर्न निगमको आग्रह, दुई साताभित्र अभाव अन्त्य हुने दाबी आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा फ्री भिसा–फ्री टिकटको नीति १० वर्षदेखि कागजमै सीमित छ: श्रममन्त्री यादव