१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मकवानपुरमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

२५ चैत्र २०८१, सोमबार १९:५९

बागमती । मकवानपुरमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा सडक पार गर्न खोज्दा बसको ठक्करबाट उदयपुरको त्रियुगा नगरपालिका–२ का ५८ वर्षीय जितबहादुर प्रधानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको बाप्र०१–००६ख ६७१६ नम्बरको गाडी रोकेर शौचालय जानका लागि सडक पार गर्ने क्रममा ना८ख १८०९ नम्बरको बसले ठक्करले ठक्कर दिँदा प्रधानको मृत्यु भएकोहो । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।

यस्तै मकवानपुरगढीमा आइतबार भएको अटोरिक्सा दुर्घटनामा परी गम्भीर घाइते भएका हेटौँडा उपमहानगरपालिका–८ ओमनगरका ५४ वर्षीय सुर्ज थापामगरको उपचारका क्रममा आज मृत्यु भएको छ ।

कान्तिलोकपथ सडकअन्तर्गत मकवानपुरगढी गाउँपालिका–२ गढी दरबारस्थित सडकमा ना२ह १२९० नम्बरको अटोरिक्सा अनियन्त्रित भई दुर्घटना भएको हो । गम्भीर घाइते मगरको काठमाडौँस्थित अन्नपूर्ण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक अर्यालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल