४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

बस दुर्घटना हुँदा ३१ जना घाइते भए

२८ चैत्र २०८१, बिहीबार १२:४५

मकवानपुरको बकैयामा यात्रुवाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । बकैया गाउँपालिका वडा नम्बर–३ चिसापानी बजारस्थित धरान–चतरा सडक खण्डमा बस अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सिन्धुलीबाट हेटौँडातर्फ आउँदै गरेको बाप्र ०६–००१ ख ०२७० नम्बरको बसमा भीमफेदी गाउँपालिका कृषि तथा पशु शाखाबाट अगुवा कृषक भ्रमणमा रहेका कृषक र प्राविधिक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

भ्रमण सकेर फर्किँदै गरेको अवस्थामा बुधबार राति ९ः३० बजेको समयमा घुम्तीमा दुर्घटना भएको उनले बताए । बसमा चालकसहित ३१ जना सवार थिए । सबैजना घाइते भएका छन् । दुर्घटनामा मकवानपुर भीमफेदी–३ बुल्मिङ बस्ने वर्ष ४६ का श्रीराम बज्यु, भीमफेदी–५ ज्यामिरे बस्ने वर्ष ५५ की रीताकुमारी मगर, चितवन राप्ती–२ गडौली बस्ने वर्ष २९ का पशुचिकित्शक डा. सरोज ओझा र उनकी श्रीमती वर्ष २७ की रेश्मा सुवेदी घाइते भएका छन् । यस्तै भीमफेदी–६ टारगाँउ बस्ने भीमफेदी गाउँपालिकाकी कार्यपालिका सदस्य वर्ष ४५ की सुमित्रा लामा, सोही स्थान बस्ने वर्ष ५५ की श्रीसानी आले, भीमफेदी–५ अकोटे बस्ने वर्ष २५ का अनिल स्याङ्बो पनि घाइते भएका छन् । उनीहरूलाई थप उपचारका लागि भरतपुर पठाइएको प्रवक्ता अर्यालले बताए ।

यसैगरी दुर्घटनामा घाइते भएका मकवानपुर भीमफेदी–२ निगाले बस्ने वर्ष ४५ का दिलिपराज बुलन, भीमफेदी–५ सुपिङ बस्ने वर्ष ५१ को यदुनाथ पुडासैनी, मकवानपुरगढी–३ मक्रान्चुली बस्ने वर्ष ४२ का नारायणप्रसाद शर्मा र हेटौँडा–११ थानाभन्ज्याङ बस्ने वर्ष २९ का उज्वल राना मगरलाई उपचार पश्चात् डिस्चार्ज गरिएको प्रवक्ता अर्यालले बताए । त्यसैगरी दुर्घटनामा भीमफेदी–६ भदौरे बस्ने वर्ष ३२ का सुदीप पराजुली, भीमफेदी–२ चौकीडाँडा बस्ने वर्ष २७ का सुयास पाख्रिन, भीमफेदी–९ झिरघारी बस्ने वर्ष २७ का सुभाष रुम्बा, सोही स्थान बस्ने वर्ष ५२ का हितचन्द्र मोक्तान, भीमफेदी–२ का वडाध्यक्ष वर्ष ४९ का कासीराम बज्युको हेटौंडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा परेर घाइते भएका हेटौंडा–१८ बस्ने वर्ष २५ का रुबिन घर्ती, भीमफेदी–३ बस्ने वर्ष ५३ का बुद्विसिंह दोङ, भीमफेदी–८ बस्ने वर्ष ३९ की सीता थिङ, सोही स्थान बस्ने वर्ष ३५ की सूर्यमाया घलान, भीमफदी–१ बस्ने वर्ष ५० का करणध्वज पाख्रिन, हेटौँडा–१८ हर्नामाडी बस्ने वर्ष २९ का विमल ढुङ्गाना, भीमफेदी–४ चिउरी बगैँचा बस्ने वर्ष ४० को कृष्णहरि गाहा मगर, भीमफेदी–७ मान्डु बस्ने अन्दाजी ३८ वर्षका सुजन प्रजा, भीमफेदी–८ गँगटे बस्ने वर्ष ४३ का मानबहादुर लामा, भीमफेदी–१ सानुटार बस्ने वर्ष ४२ का राजेन्द्रकुमार स्याङतान, भीमफेदी गाँउपालिकाको कृषि प्राविधिक वर्ष २९ का सानु कान्छा घिसिङ, भीमफेदी गाँउपालिकाका पशु प्राविधिक वर्ष ३१ काम पुष्पलाल बज्यु, भीमफेदी–३ बस्ने वर्ष ४८ का अर्जुन तामाङ, बसका सहचालक उदयपुर रौतामाई–५ बस्ने वर्ष ३२ का सतिह दाहाल उपचारपछि डिस्चार्ज गरिएको प्रवक्ता अर्यालले बताए ।

बसका सहचालक दाहाल प्रहरीको नियन्त्रणमा रहेका छन् भने चालक फरार रहेका छन् । फरार रहेका चालकको खोजी भइरहेको प्रवक्ता अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’