काठमाडौँ | मकवानपुरमा रुखले च्यापेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको मिथलाजुङ गाउँपालिका-१ घर भई मकवानपुरको मकवानपुरगढी गाउँपालिका-७ सुकौरामा डेरी गरी बस्ने ३१ वर्षीय राम राई रहेका छन् ।
प्रहरीका अनुसार बिहीबार स्थानीय रामबहादुर मोक्तानको बारीमा रहेको रुख ढाल्ने क्रममा आफैंले ढालेको रुखले च्यापेर घाइते भएका थिए । उनको उपचारको क्रममा मवानपुर सहकारी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।