साउन ४, हेटौंडा | चिट लुकाएको आरोपमा छात्रा परीक्षार्थीलाई दुर्व्यवहार गरेको आरोप लागेका २ कर्मचारीलाई हेटौंडा क्याम्पसले निलम्बन गरेको छ ।
उनीहरुमाथि स्नातक तह दोश्रो वर्षको परीक्षा दिन आएका २ जना छात्रालाई चिट लुकाएको आरोपमा कपडा खोल्न लगाएर र एक जना छात्रा महिनावारी भएको र आफूसँग चिट नभएको भन्दासमेत उनले प्रयोग गरेको सेनेटरी प्याड खोल्न लगाइएको विद्यार्थीहरुले आरोप लाएका छन् ।
यस्तै घटनाबारे छानबिन गर्न समिति समेत गठन गरिएको छ । क्याम्पस प्रमुख डा. देवचन्द्र भट्टको संयोजकत्वमा गठित समितिले ३ दिनभित्र प्रतिवेदन दिने छ ।
छात्रामाथि दुर्व्यवहार भएको भन्दै विद्यार्थीले क्याम्पसमा तोडफोडसमेत गरेका छन् ।