३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटको धार्मिक तथा ऐतिहासिक बेलकोटगढीमा जमराघरको निर्माण सुरु

५ बैशाख २०८२, शुक्रबार १४:०६

काठमाडौँ | नुवाकोटको धार्मिक तथा ऐतिहासिक बेलकोटगढीमा जमराघरको निर्माण सुरु भएको छ । बेलकोटगढी नगरपालिका– १० वेलकोट टाकुरोमा रहेको निरन्जना भगवती मन्दिर नजिकै नयाँ जमराघर निर्माण कार्य औपचारिक रुपमा सुरु भएको हो । बेलकोटगढीमा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले जमराघरको शिलान्यास गरेका हुन् । यससँगै जमराघरको निर्माण कार्य सुरु भएको हो । कार्यक्रममा मुख्यमन्त्री लामाले नेपालको संस्कृति, परम्परा, ऋतिरिवाज पहिचान भएका कारण यसको संरक्षण र सम्वद्र्धन आवश्यक रहेको बताए ।

उनले बागमती प्रदेश सरकारको तर्फबाट चालु आर्थिक वर्षमै २० लाख रुपैयाँको बजेट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । जमरा घर निर्माण र बेलकोटगढीलाई थप पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न थप सहयोगका लागि विभिन्न निकायसँग समन्वय गर्नेसमेत बताए । जमराघर निर्माणका लागि संघीय सरकारबाट ९ लाख रुपैयाँ सशर्त अनुदान उपलब्ध भएको छ । ६७ लाख रुपैयाँको लागतमा दशैंघर निर्माणको काम अघि बढेको बेलकोटगढी नगरपालिकाका मेयर जगतबहादुर तामाङले बताए ।

बेलकोटगढीको निरन्जना (हाल बेलकोटगढी–१०) मा पृथ्वीनारायण शाहले जयनत रानाामाथि विजय प्राप्त गरेदेखि नै वडादशैँका बेला सामूहिक रूपमा जमरा राख्ने परम्परा चलिआएको छ । जमराघरका लागि नेपाली सेनाले १० लाख रुपैयाँ सहयोग गर्ने जनाइएको छ । अहिले पनि तीनसय बढी घरधुरीले सामूहिक रुपमा जमरा राख्ने चलन कायम रहेको छ । यसका साथै संघ, प्रदेश र बेलकोटगढी नगरपालिकाको तीन वर्षको आर्थिक सहयोगमा झण्डै एक करोड रुपैयाँको लगानीमा निर्माण भएको नवनिर्मित निरञ्जना भगवती मन्दिरमा औपचारिक रुपमा पुजाआजा सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’