२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

रसुवामा चोरीका घटना बढ्न थालेसँगै होटल तथा पसल बेलुकी साढे ८ बजेपछि बन्द

२०७९, १६ जेष्ठ सोमबार ०१:४५

जेठ १६, रसुवा | रसुवाको कालिका गाउँपालिका–५ मा होटल, चिया पसल तथा खाद्यान्न पसल बेलुकी साढे ८ बजे नै बन्द गर्नुपर्ने भएको छ ।

जिल्लामा २७ दिनदेखि श्रृंखलावद्ध चोरीको घटना हुन थालेको र गाउँपालिकाको विभिन्न स्थानमा चोरीको घटना नियमितजसो हुन थालेपछि वडा कार्यालयले उक्त निर्णय गरेको हो । 

वडाध्यक्ष सन्दिप पौडेलको अध्यक्षतामा आइतबार बसेको बैठकले हरेक दिन बेलुकी साढे ८ बजेदेखि बिहान ४ बजेसम्म होटल तथा पसल बन्द गर्नुपर्ने निर्णय गरेको हो।

जिल्लाको उत्तरगया, कालिका र नौकुण्ड गाउँपालिकाको विभिन्न स्थानमा चोरीको घटना बढिरहेकाले वडाभित्र रहेका होटल तथा पसल सीमित समय खोल्ने निर्णय गरिएको वडाध्यक्ष पौडेलले बताए। ‘हामीले आजदेखि नै लागू हुनेगरी निर्णय गरेका छौं',उनले भने, ‘अर्को निर्णय नहुँदासम्म यो जारी रहन्छ।’

जिल्लामा श्रृंखलावद्ध चोरी सुरु भएको २७ दिन भयो। पीडितले प्रहरीमा उजुरी पनि दिइरहेका छन्। गएको वैशाख २० गते यता करिब ३७ वटा घर, वित्तीय संस्था, वडा कार्यालय, स्वास्थ्य संस्था तोडफोड भएका छन्। केही संस्थाबाट नगद चोरी नगरेपनि अधिकांस घर तथा सहकारी संस्थाबाट नगद चोरी भएको छ।

चोरीमा संलग्न व्यक्तिको खोजी कार्य गरिरहेको प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले बताए। उनका अनुसार हालसम्म चोरीमा संलग्न व्यक्ति पक्राउ परेका छैनन्। चोरीको घटना बढेपछि अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरिक्षक  झलक शर्माको नेतृत्वमा ५ सदस्सीय टोली परिचालन गरिएको छ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा