५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

‘विपद् जोखिम न्यूनीकरणमा पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन आवश्यक’

७ जेष्ठ २०८२, मंगलवार १४:०३

काठमाडौँ | गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् जोखिम न्यूनीकरणमा सहज पहुँच हुने खालको प्रविधिको विकास आवश्यक हुने बताउनुभएको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा युनएनडिपी र युएनडिआरआरको सहयोगमा सबैका लागि पूर्वसूचना विषयमा राष्ट्रिय कार्ययोजना, २०८२ तर्जुमाका सम्बन्धमा पोखरामा आयोजित प्रदेशस्तरीय गोष्ठीको उद्घाटन गर्दै उहाँले पूर्वसूचनामा काम गर्नसके जोखिमको न्यूनीकरण गर्न सकिने बताउनुभयो ।

गण्डकी प्रदेश पर्यटन राजधानी भएको र विपद्को उच्च जोखिममा पनि रहेको उल्लेख गर्दै उहाँले स्थानीय नागरिकसँगै पर्यटक लक्षित विपद् पूर्वसूचना प्रणाली बनाउँदा जनधनको क्षति न्यूनीकरण गर्न सकिने बताउनुभयो ।

जलवायु परिवर्तनका कारण पनि प्रदेशले थप विपद्को सामना गर्नु परेको उहाँले बताउनुभयो । उहाँले प्रदेशमा जोखिम क्षेत्र पहिचान गरेर पूर्वसूचना र विपद्पछिको भूमिकामा पनि संवेदनशील हुन सरोकारवाला सबैलाई आग्रह गर्नुभयो ।

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले विपद् पूर्वसूचनाका आधारमा विपद्जन्य क्षति धेरै नै न्यूनीकरण गर्न सकिने बताउनुभयो । प्रभावकारी पूर्वसूचना प्रणालीको स्थापनासँगै यसबारे आम सर्वसाधारणलाई सचेतना अभिवृद्धि गरिनुु जरुरी भएको उहाँको भनाइ छ ।

नेपाली कांग्रेस गण्डकी प्रदेशसभाका प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका गण्डकी प्रदेशसभाका प्रमुख सचेतक विन्दु पौडेल, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, सुदीप अर्याललगायतले विपद् जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

गोष्ठीमा गण्डकी तथा लुम्बिनी प्रदेशका सरोकारवाला प्रतिनिधिको सहभागिता रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता