2026-11-02 02:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

दोर्दी र मस्र्याङ्दी गाउँपालिकामा व्यावसायिक खुर्सानीखेती

काठमाडौँ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा एक हजार रोपनी क्षेत्रफल जमिनमा अकबरे खुर्सानीखेती गरिएको छ । दोर्दी गाउँपालिकामा ७०० र मस्र्याङ्दी गाउँपालिकामा ३०० रोपनी गरी उक्त क्षेत्रफलमा खुर्सानीखेती गरेको हो ।

गाउँपालिकाको प्राविधिक सहयोग र अनुदानमा दुई पालिकाका किसानले व्यावसायिक रुपमा अकबरे खुर्सानीखेती गरेका हुन् । गाउँपालिकाले चालु आर्थिक वर्षमा अकबरे खुर्सानीखेतीका लागि रु ३० लाख बजेट विनियोजन गरेको थियो । कृषि सहकारी उत्पादन तथा बजारीकरण, सुदृढीकरण कार्यक्रमअन्तर्गत अकबरे खुर्सानीखेतीका लागि विनियोजित बजेटबाट खुर्सानीखेतीका लागि सहयोग गरिएको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो । उहाँका अनुसार व्यावसायिक खेती गर्ने कृषकलाई पालिकाले प्राविधिक सहयोगसँगै मल्चिङ, खुर्सानीको बीउमा ५० प्रतिशत अनुदान दिएको छ ।
गाउँपालिकाका अनुसार यसअघि गत वर्ष दोर्दी गाउँपालिका–४ बाँसबोट, कामचोक र साँधिखोला गाउँमा किसानले व्यावसायिक रुपमा अकबरे खुर्सानीखेती गरेका थिए । परम्परागत रुपमा कोदोखेती गर्दैआएको जमिनमा खुर्सानीखेती गरेका किसानहरुले राम्रो आम्दानी गरेपछि यसवर्ष पालिकाले खुर्सानी पकेट क्षेत्र विस्तार गरेको कृषि शाखा प्रमुख निराजन पौडेलको भनाइ छ । गत वर्ष पनि अकबरे खुर्सानीखेती गरेको वडा ४ स्थित साना किसान सहकारीले यस वर्ष १२ रोपनी क्षेत्रफलमा खुर्सानीखेती गरेको छ । परीक्षणको रुपमा पहिलो पटक गत वर्ष अकबरे खुर्सानीखेती सुरु गरी राम्रो आम्दानी गर्न थालेपछि दोर्दीका किसान यसपटक उत्साहित बनेका छन् । गत वर्ष उक्त समूहले रु २० लाख बढी आम्दानी गरेको बताइएको छ ।

यस वर्ष लगाइएको खुर्सानी ४०० देखि ५०० मेकिट्र टन उत्पादन हुने र करिब रु पाँच करोड आम्दानी गर्ने अनुमान रहेको कृषि शाखा प्रमुख पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “कम लागतमा धेरै आम्दानी गर्न गर्न सकिने बाली खुर्सानी रहेको र यसको बजारको माग पनि राम्रो रहेको छ ।

त्यस्तै, मस्र्याङ्दी गाउँपालिकाको नौ वटै वडामा गरेर ३०० रोपनी क्षेत्रफलमा अकबरेको व्यावसायिक खेती गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो”, उहाँले भन्नुभयो, “अकबरे खुर्सानीको व्यावसायिक खेतीबाट किसानको जीवनस्तर उकास्ने उद्देश्यले अभियान सञ्चालन गरिएको र यसले पालिकाको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास लिएका छौँ । अकबरे खेतीका लागि गाउँपालिकाले रु २० लाख विनियोजन गरेको थियो ।

यसमध्ये रु १० लाख अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले सहयोग गरेको छ । आयोजनाको क्षेत्रमा पर्ने वडा नंं १, २, ३, ४ र ९ का लागि गाउँपालिकामार्फत एक्यापले रकम उपलब्ध गराएको थियो । अकबरे खेतीका लागि गाउँपालिकाले बिरुवामा ८० प्रतिशत र मल्चिङ प्लाष्टिकका लागि ५० प्रतिशत अनुदान दिएको गाउँपालिकाले जनाएको छ । यहाँका किसानले कम्तीमा एक रोपनी र बढीमा १० रोपनीसम्म खेती गरेका छन् ।

किसानले उत्पादन गरेको अकबरेको बजारीकरणका लागि पालिकाले सहयोग गर्ने भएको छ । बजारीकरणका लागि पालिकामै मासिक हाटबजारको व्यवस्थासँगै जनता एग्रो कम्पनीसँग बिक्री सम्झौता भएको गाउँपालिका अध्यक्ष गुरुङको भनाइ छ । जिल्लामा उत्पादन कम हुँदा हालसम्म बाहिरी जिल्ला र भारतबाट ल्याएको खुर्सानी स्थानीयले खरिद गरेर प्रयोग गर्दै आएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द