२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

सात स्वास्थ्य संस्थालाई एम्बुलेन्स हस्तान्तरण

२०८२, ३२ जेष्ठ शनिबार १५:०६
काठमाडौँ | गण्डकी प्रदेशका विभिन्न जिल्लाका सात स्वास्थ्य संस्थालाई एक-एक वटा एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।
नेपाल-भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत नेपालस्थित भारतीय दूतावासले स्वास्थ्य संस्थालाई एम्बुलेन्स हस्तान्तरण गरेको हो । भारतीय पेन्सन क्याम्प पोखराका प्रमुख प्रसान्त सिंह वगेलले एम्बुलेन्स हस्तान्तरण गर्नुभयो ।
गोरखा जिल्ला अस्पताल, गोरखा नगरपालिका वडा नं ६, बेनी अस्पताल म्याग्दी, मनपाङ हेल्थपोष्ट म्याग्दी, आर्थरडाँडा खर्क हेल्थ पोष्ट पर्वत, सिटी अस्पताल स्याङ्जा र आँबुखैरनी अस्पताल तनहुँलाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।
त्यस अवसरमा प्रमुख वगेलले नेपाल-भारतबीचको सम्बन्ध सांस्कृतिक, सामाजिक तथा पारिवारिक रुपमा वर्षौदेखि रहँदै आएको उल्लेख गर्दै भारत सरकारले नेपालको शिक्षा, स्वास्थ्य, पूर्वाधार र आपतकालीन अवस्थामा सहयोग गर्दै आएको बताउनुभयो । नेपालको दुर्गम गाउँका विरामीले छिटो छरितो स्वास्थ्य सेवा प्राप्त गर्न सकुन भन्ने उद्देश्यले एम्बुलेन्स प्रदान गरेको उहाँले बताउनुभयो ।
बेनी जिल्ला अस्पताल म्याग्दीका अध्यक्ष दिलकुमारी खत्रीले खुसी व्यक्त गर्दै बेनी जिल्ला अस्पताल म्याग्दीमा उक्त एम्बुलेन्स नै पहिलो भएको बताउनुभयो । “विभिन्न संस्थासँग  एम्बुलेन्स माग गरेका थियौ तर प्राप्त भएको थिएन, भारतीय दूतावासले दिएको एम्बुलेन्सबाट बिरामीले लाभ लिनेछन् ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर