३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

धर्मशालामा भोजनालय भवन निर्माण

४ असार २०८२, बुधबार १४:१२
काठमाडौँ । तीर्थयात्रीलाई निःशुल्क आवासीय सुविधा उपलब्ध गराउदै आएको म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको परम वैदिक सनातन धार्मिक आश्रममा भोजनालय भवन निर्माण भएको छ ।
मुक्तिनाथ, गलेश्वर, बागलुङ कालिका, पञ्चकोट, गुप्तेश्वर गुफालगायत धार्मिकस्थल दर्शनका लागि आउने भक्तजनलाई लक्ष्य गरीसङ्घीय सरकारको बिशेष अनुदानमा बेनी नगरपालिकाले भोजनालय भवन बनाएको हो ।  १५० जना बसेर भोजन गर्न मिल्ने क्षमताको भान्छा कोठासहितको भवन, एक वटा शयनकक्ष र दुई वटा सार्वजनिक शौचालय निर्माण भएको बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताउनुभयो ।
“धर्मशालामा बास बस्ने तिर्थयात्री र हरेक वर्षको पुष महिनामा श्रीहरि मन्दिरमा हुने धनुरमासको कथा श्रवणका लागि आउने भक्तजनलाई भोजन र प्रसाद वितरण गर्न समस्या थियो,” उहाँले भन्नुभयो “पूर्वाधार विस्तार भएपछि सहज हुने विश्वास गरेका छौँ ।”
भवन निर्माणका लागि बेनीको शंकर निर्माण सेवाले रु ५८ लाखमा ठेक्का सम्झौता गरेको थियो । म्याग्दी, बागलुङ र पर्वतको सङ्गमस्थलमा रहेको रत्नेचौर मुस्ताङको मुक्तिनाथ, दामोदरकुण्ड जाने बाटोमा पर्छ । धर्मशाला सञ्चालन भएपछि होटलमा बास बस्न नसक्ने कमजोर आर्थिक क्षमता भएका भक्तजनलाई सहज भएको छ ।
मन्दिरका महन्थ जगतगुरु श्रीदण्डी स्वामी हिमालय बाबाले दाता र समुदायको सहयोग जुटाएर धर्मशालामा निःशुल्क भोजनसहित आवास सुविधाको व्यवस्था मिलाएको बताउनुभयो । एक दिनमा ५० जना बास बस्न सक्ने क्षमताको धर्मशाला भवन रहेको छ ।
बेनी नगरपालिका, गण्डकी प्रदेश सरकार, सङ्घीय सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन र सहरी विकास मन्त्रालयको करिब रु ३० लाख सहयोगमा निर्माण भएको दुईतले धर्मशाला भवनको दोस्रो तलामा छजना दाताले आफन्तका नाममा एक–एकवटा कोठा बनाएका छन् ।
धर्मशाला र लक्ष्मीहरि मन्दिर परिसरमा घेराबार पर्खाल र प्रवेशद्धार निर्माण भएको छ । सहरी विकास मन्त्रालयको रु ३० लाख बजेटमा गत वर्ष धर्मशालाको डिलतर्फ पक्की पर्खाल भएको थियो । डिलमुनि भिर रहेको हुँदा दुर्घटनाको जोखिम भएकाले पक्की पर्खाल बनाएर घेराउ गरिएको हो ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसीले मन्दिर परिसरको अधुरो हवन कुण्डलाई पूर्णता दिन र गौशाला निर्माणका लागि सङ्घीय तथा प्रदेश सरकारसँग समन्वय गरिएको बताउनुभयो । हाल तीन÷तीन वटा स्थानीय जातका गाई र बाच्छाबाच्छी छन् । स्थानीय जातका गाई संरक्षणका लागि गौशाला सञ्चालनको तयारी भएको छ ।
ढोडेनी खोला र कालीगण्डकी नदीको दोभानमा पहाडको बीच भागमा समथर भूगोलमा अवस्थित रत्नेचौर प्राकृतिक हिसाबले रमणीय छ । पृष्ठभूमिमा धवलागिरि हिमाल देखिने रत्नेचौरको श्रीलक्ष्मीहरि मन्दिर परिसरदेखि बागलुङको कुडुले जोड्ने ३८८ मिटर लामो र १७० मिटर अग्लो झोलुङ्गे पुल निर्माण भएको छ ।
नजिकै २०० वर्ष पुरानो मानव निर्मित बूढोपोखरी रहेको छ । रत्नेचौरको तोरीबारी, लामो पुल, लक्ष्मीहरि मन्दिरलाई एकीकृत धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पहल गरिएको बेनी नगरपालिका–१ का वडाध्यक्ष टेकबहादुर थापाले बताउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’