२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

धर्मशालामा भोजनालय भवन निर्माण

२०८२, ४ असार बुधबार १४:१२
काठमाडौँ । तीर्थयात्रीलाई निःशुल्क आवासीय सुविधा उपलब्ध गराउदै आएको म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको परम वैदिक सनातन धार्मिक आश्रममा भोजनालय भवन निर्माण भएको छ ।
मुक्तिनाथ, गलेश्वर, बागलुङ कालिका, पञ्चकोट, गुप्तेश्वर गुफालगायत धार्मिकस्थल दर्शनका लागि आउने भक्तजनलाई लक्ष्य गरीसङ्घीय सरकारको बिशेष अनुदानमा बेनी नगरपालिकाले भोजनालय भवन बनाएको हो ।  १५० जना बसेर भोजन गर्न मिल्ने क्षमताको भान्छा कोठासहितको भवन, एक वटा शयनकक्ष र दुई वटा सार्वजनिक शौचालय निर्माण भएको बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताउनुभयो ।
“धर्मशालामा बास बस्ने तिर्थयात्री र हरेक वर्षको पुष महिनामा श्रीहरि मन्दिरमा हुने धनुरमासको कथा श्रवणका लागि आउने भक्तजनलाई भोजन र प्रसाद वितरण गर्न समस्या थियो,” उहाँले भन्नुभयो “पूर्वाधार विस्तार भएपछि सहज हुने विश्वास गरेका छौँ ।”
भवन निर्माणका लागि बेनीको शंकर निर्माण सेवाले रु ५८ लाखमा ठेक्का सम्झौता गरेको थियो । म्याग्दी, बागलुङ र पर्वतको सङ्गमस्थलमा रहेको रत्नेचौर मुस्ताङको मुक्तिनाथ, दामोदरकुण्ड जाने बाटोमा पर्छ । धर्मशाला सञ्चालन भएपछि होटलमा बास बस्न नसक्ने कमजोर आर्थिक क्षमता भएका भक्तजनलाई सहज भएको छ ।
मन्दिरका महन्थ जगतगुरु श्रीदण्डी स्वामी हिमालय बाबाले दाता र समुदायको सहयोग जुटाएर धर्मशालामा निःशुल्क भोजनसहित आवास सुविधाको व्यवस्था मिलाएको बताउनुभयो । एक दिनमा ५० जना बास बस्न सक्ने क्षमताको धर्मशाला भवन रहेको छ ।
बेनी नगरपालिका, गण्डकी प्रदेश सरकार, सङ्घीय सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन र सहरी विकास मन्त्रालयको करिब रु ३० लाख सहयोगमा निर्माण भएको दुईतले धर्मशाला भवनको दोस्रो तलामा छजना दाताले आफन्तका नाममा एक–एकवटा कोठा बनाएका छन् ।
धर्मशाला र लक्ष्मीहरि मन्दिर परिसरमा घेराबार पर्खाल र प्रवेशद्धार निर्माण भएको छ । सहरी विकास मन्त्रालयको रु ३० लाख बजेटमा गत वर्ष धर्मशालाको डिलतर्फ पक्की पर्खाल भएको थियो । डिलमुनि भिर रहेको हुँदा दुर्घटनाको जोखिम भएकाले पक्की पर्खाल बनाएर घेराउ गरिएको हो ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसीले मन्दिर परिसरको अधुरो हवन कुण्डलाई पूर्णता दिन र गौशाला निर्माणका लागि सङ्घीय तथा प्रदेश सरकारसँग समन्वय गरिएको बताउनुभयो । हाल तीन÷तीन वटा स्थानीय जातका गाई र बाच्छाबाच्छी छन् । स्थानीय जातका गाई संरक्षणका लागि गौशाला सञ्चालनको तयारी भएको छ ।
ढोडेनी खोला र कालीगण्डकी नदीको दोभानमा पहाडको बीच भागमा समथर भूगोलमा अवस्थित रत्नेचौर प्राकृतिक हिसाबले रमणीय छ । पृष्ठभूमिमा धवलागिरि हिमाल देखिने रत्नेचौरको श्रीलक्ष्मीहरि मन्दिर परिसरदेखि बागलुङको कुडुले जोड्ने ३८८ मिटर लामो र १७० मिटर अग्लो झोलुङ्गे पुल निर्माण भएको छ ।
नजिकै २०० वर्ष पुरानो मानव निर्मित बूढोपोखरी रहेको छ । रत्नेचौरको तोरीबारी, लामो पुल, लक्ष्मीहरि मन्दिरलाई एकीकृत धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पहल गरिएको बेनी नगरपालिका–१ का वडाध्यक्ष टेकबहादुर थापाले बताउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर