४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

चन्दा सङ्कलन गरेर किरियाघर निर्माण

२१ बैशाख २०८२, आईतवार १६:३१

काठमाडौँ | बागलुङ बजारस्थित उपल्लाचौरका स्थानीयले चन्दा सङ्कलन गरी किरियाघर निर्माण गरेका छन् । दुःखद क्षण र काजकिरिया गर्न समस्या भएपछि बागलुङ नगरपालका–४ उपल्लाचौरका स्थानीयले सामुदायिक किरियाघर निर्माण गरेका हुन् ।

करिब रु २३ लाखको लागतमा निर्माण गरिएको भवनमा बास बस्न तीन वटा कोठा, तीन वटा शौचालय र तीन ठाउँमा पूजा गर्न, पिण्ड चढाउन मिल्ने सत्तल निर्माण गरिएको छ । यो भवन निर्माणका लागि नागरिकस्तरबाट स्वतःस्फुर्त रूपमा चन्दा सङ्कलन गरिएको हो ।

सामुदायिक भवनबाट काजकिरिया गर्न सबैका लागि सहज बनाउने उद्देश्यले चन्दा सङ्कलनमार्फत किरियाघर निर्माण गरिएको समितिका अध्यक्ष हरिबहादुर जिसीले बताउनुभयो । उहाँका अनुसार मृत्युपश्चात् गरिने काजकिरियामा सहयोग पु¥याउने उद्देश्यले किरियापुत्री बसेर सहज रूपमा आवश्यक कर्म गर्न सकुन् भनेर भवन निर्माण गरिएको हो ।

“उपल्लाचौरमा घर भएका, भाडामा बस्ने र विपन्न गरिब नागरिकलाई काजकिरिया कर्म गर्न सहज होस् भन्ने उद्देश्यले सुविधा सम्पन्न किरिया भवन निर्माण गरिएको हो”, अध्यक्ष जिसीले भन्नुभयो, “बागलुङ–४ वडा कार्यालयको रु एक लाख ३६ हजार र अन्य रु २१ लाख ६४ हजार चन्दा सङ्कलनमार्फत भवन निर्माण भएको छ । साथै दुई सय ८७ जनाले रु पाँच हजारका दरले सहयोग गर्नुभएको छ । केहीले रु एक हजार, दुई हजार पनि सहयोग गर्नुभएको छ ।”

स्थानीय सामुदायिक वनको जग्गामा भवन निर्माण गरिएको छ । विसं २०७७ मा निर्माण सुरु गरिएको भवन कोरोना महामारीका कारण रोकिएर अहिले सम्पन्न भएको हो । आर्थिक सामाजिक हिसाबले कमजोर भएका कोही पनि काजकिरिया गर्नबाट बञ्चित हुन नपरोस् भनेर भवन निर्माण गरिएको समितिका सचिव रामकाजी भण्डारी बताउनुभयो । उहाँका अनुसार उपल्लाचौरमा सहरीकरण बढ्दै गएपछि वडारचौरमा रहेका सत्तलमा किरिया गर्न नदिएपछि सामुदायिक भवन निर्माण गरिएको हो ।

उपल्लाचौरमा ग्राणीम क्षेत्र धम्जा, भीमापोखरा लगायतका क्षेत्रबाट आएर बसोबास गर्नेको सङ्ख्या धेरै छ । गाउँको जग्गा जमिन बिक्री गरेर आएकाहरूको गाउँ जाने ठाउँ पनि नभएपछि यो भवन प्रभावकारी विकल्प बन्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा