४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

‘माओवादी केन्द्रप्रति जनतामा आशा पलाएको छ’

९ जेष्ठ २०८२, बिहीबार १७:०४

काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रप्रति जनतामा नयाँ आशा पलाएको बताउनुभएको छ । मध्यपहाडी लोकमार्ग जनजागरण अभियानका क्रममा बागलुङको बुर्तिबाङ आउनुभएका उहाँले यहाँ आयोजित आमसभालाई सम्बोधन गर्दै पार्टी नयाँ गतिमा अगाडि बढिरहेको उल्लेख गर्नुभयो ।

मध्यपहाडी जनजागरण अभियानमा आमनागरिकको गुनासा र सुझाव ग्रहण गर्दै पार्टी अगाडि बढिरहेको बताउँदै अध्यक्ष दाहालले यो अभियानले देशमा नयाँ राजनीतिक वातावरण बनाउने विश्वास व्यक्त गर्नुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँले आगामी दिनमा राष्ट्रिय एकतालाई सुदृढ गर्दै किसान, मजदुरका, उत्पीडन वर्गका समस्या समाधानमा केन्द्रित हुने वातवरण बनाउने उल्लेख गर्नुभयो ।

आफू प्रधानमन्त्री हुँदा देशमा ठूला परिवर्तन भएको भन्दै अध्यक्ष दाहालले राष्ट्रिय गौवरको आयोजना मध्यपहाडी लोकमार्गसहित अन्य कतिपय योजना तत्कालीन समयमा थालनी गरेको दाबी गर्नुभयो । मध्यपहाडी लोकमार्गले मध्यपहाडमा बस्ने लाखौँ जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याएको उहाँले विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “नेपालमा स्वच्छ र स्वस्थ राजनीति गर्ने परिपाटीको विकास भएको छैन । अबमा दिनमा सबै राजनीतिक दल इमान्दारीपूर्वक जनताका पक्षमा केन्द्रित हुनुपर्ने जरुरी छ । पार्टीले सुरु गरेको मध्यपहाडी जनजगरण अभियानमा माओवादी केन्द्रप्रति जनताको आशा पलाएको पाएका छौँ । यो यात्रा आमनागरिकको सुझाव ग्रहण गर्ने र पार्टीलाई मजबुत बनाउनका लागि हो ।” पछिल्लो समय देशमा भ्रष्टाचार मौलाउँदै गएको बताउँदै उहाँले यसलाई न्यूनीकरण गर्न पार्टीले खबरदारी गर्दै आएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता