2026-11-02 02:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

एउटै ढुङ्गाबाट मालिका मन्दिर पुनःनिर्माण

काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बागलुङको प्रसिद्ध मालिका मन्दिर पुनःनिर्माण गरेको छ । अहिले मन्दिरको पुनःनिर्माण सकिएर तामाको छानो राख्ने तयारी गरिएको छ ।

एउटै ठूलो चट्टानलाई काटेर निकालिएको ढुङ्गा कुँदेर भगवती मन्दिर पुनःनिर्माण गरिएको हो । जीर्ण अवस्थामा रहेको पुरानो मन्दिरलाई कलात्मक ढङ्गले ढुङ्गा र काठको मात्रै प्रयोग गरेर मन्दिर पुनःनिर्माण गरिएको हो । तीन तलाको प्यागोडा शैलीमा निर्माणको अन्तिम चरणमा रहेको मन्दिरमा प्रयोग भएका सबै कच्चा पदार्थ एउटै ढुङ्गा काटेर कुदिएको हो ।

बागलुङ नगरपालिका–५ मालिका स्थित शक्तिपीठ मालिका भगवती मन्दिरलाई एउटै चट्टान काटेर निकालिएको ढुङ्गालाई कुँदेर मन्दिर पुनःनिर्माण गरिएको छ । मालिका भगवती मन्दिरको नामबाट उक्त गाविसको नाम समेत मालिका राखिएको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु ५४ लाखबाट मालिका भगवती मन्दिर पुनःनिर्माण थालिएको र अहिले मन्दिरको पुनःनिर्माण अन्तिम तरणमा पुगेको मालिका भगवती मन्दिर व्यवस्थापन समितिका महासचिव खीम सापकोटाले जानकारी दिनुभयो । उहाँले मन्दिरसँगै गणेश मन्दिर, शत्तल, घण्टी, प्रवेशद्वार र तारबार गरी रु एक करोडको संरचना तयार भइरहेको बताउनुभयो ।

अन्य पूर्वाधार मालिका मन्दिर दर्शनका लागि आउने भक्तजन तथा मालिका मन्दिरसँग आस्था जोडिएर देश विदेशमा रहनुभएकाबाट रु एक हजारदेखि रु चार लाखसम्म सहयोग प्राप्त भइरहेको सापोटाले जानकारी दिनुभयो । उहाँले मन्दिरमा उठेको सहयोगले कुँवेरधाम मन्दिरको मूर्ति तयार गरिएको बताउनुभयो ।

“मन्दिर पुनःनिर्माण थालेपछि सहयोग उठ्यो, रु ५४ लाखमा पुनःनिर्माण थालिएको मन्दिर र अन्यय मन्दिरसँग जोडिएका संरचनासहित रु एक करोडको पूर्वाधार निर्माण अन्तिम चरणमा छ, परापूर्व कालदेखि मालिकाको थानलाई पूजा गरिन्थ्यो, त्यही थानमा निर्माण गरिएको मन्दिर जीर्ण बनेपछि पर्यटन मन्त्रालयको बजेटले पुनःनिर्माण थालिएको थियो”, उहाँले भन्नुभयो, “दिव्य शिलालाई घेरेर ढुङ्गा र काठ मात्रै प्रयोग गरेर कलात्मक रुपमा मन्दिर पुनःनिर्माण गरिएको छ, मन्दिरको अन्य संरचना निर्माणका लागि सहयोग जुट्ने क्रम जारी छ ।”

दिव्य शिला भएको स्थानलाई घेरेर तीन तलाको प्यागोडा शैलीमा मन्दिर निर्माण गरिएको छ । एउटै शिलाको ढुङ्गालाई काटेर मन्दिर निर्माण भइरहेको र भक्तपुरबाट कालिगढा ल्याएर मन्दिर मिर्नाण गर्ने कार्य चलिरहेको छ । कालिगढबाट ढुङ्गा कँुदिएको, कलात्मक टुडाल र तामाले छाएको मन्दिर निर्माणले साच्चिकै मौलिकता झल्किन्छ । मल्लकालिन थानलाई मालिका भगवतीको रुपमा लिइएको किम्मदन्ती रहेको र मालिका मन्दिरलाई बागलुङको कालिका मन्दिरको बहिनीको रुपमा पुजा आजा गर्दै आएको उपभोक्ता समितिका अध्यक्ष मेघराज पाण्डेले जानकारी दिनुभयो ।

मल्लकालिन थान रहेको स्थानमा मालिका कालिकाको बहिनीको स्वरुपमा रहेको छ भने पुरातात्विक क्षेत्र समेत भएकाले मालिका भगवतीलाई यस क्षेत्रमा महत्वका रुपमा हेरिन्छ । कालिका र मालिका दुई बहिनी भएको र कालीगण्डकीको जल कालिकामा चढाएर बाँकी रहेको जल मालिकामा चढाउने चलन रहेको अध्यक्ष पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द