2026-10-07 02:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

जैमिनीमा एक सय ४० रोपनी बाँझो जग्गामा केराखेती

काठमाडौँ । बागलुङको दक्षिण भेगमा रहेको जैमिनी नगरपालिकाको कुश्मिसेरा क्षेत्र केराखेतीले प्रसिद्ध छ । हाल जिल्लाका बजारमा यही क्षेत्रको अधिकांश केरा आउने गरेको बताइन्छ ।

नगरपालिकाले कुश्मिसेरा क्षेत्रलाई केराको हब बनाउने उद्देश्यसहित बाँझो जग्गा उपयोगको नीति लिएको छ । त्यसका लागि चालु आर्थिक वर्षमा ‘सेरा जाउँ, केरा खाउँ’ नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ । उक्त कार्यक्रममार्फत रु १२ लाख लागतमा १४० रोपनी जग्गामा तीन हजार पाँच सय केराका बिरुवा लगाउने लक्ष्य छ । सोअनुसार ७० प्रतिशत प्रगति भइसकेको वडा नं १ का अध्यक्ष विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो ।

हाल वडा नं १ कुश्मिसेराको १४० रोपनी जग्गामा केराखेती विस्तारको काम भइरहेको छ । कुश्मिसेरामा उत्पादन हुँदै आएका स्थानीय जातको केरालाई नगरपालिकाले केरा पकेट क्षेत्रको रूपमा विकास गरेको वडाध्यक्ष आचार्यले बताउनुभयो ।

कुश्मिसेराको फलाटे, भडारे र बिनामारेको केही स्थानमा धमाधम केराखेती विस्तार भइरहेको छ । वडाध्यक्ष आचार्यले भन्नुभयो,“पछिल्लो समय केराबाट यहाँका किसानले लाभ उठाउँदै आएका छन् । नगरपालिकाले यसमा प्रोत्साहन गर्दा बाँझो जग्गा सदुपयोग भएको छ । आगमी दिनमा केरा विस्तारको कार्यक्रम निरन्तर सञ्चालन गरिने छ । धेरै मेहिनत गर्न नपर्ने तर नगद आम्दानी हुने भएकाले पनि यहाँका किसान यसतर्फ आकर्षित भइरहेका छन् । आर्थिक उपार्जन पनि राम्रै छ ।”

स्थानीय मतिप्रसाद शर्माले यहाँ किसानले केराखेतीबाट वार्षिक लाखाँै रकम भित्र्याउँदै आएको बताउनुभयो । काँचो केरालाई होलसेलमा प्रतिदर्जन रु ७० मा बिक्री भइरहेको उहाँले जानकारी दिनुभयो । पाँच रोपनी जग्गामा केराखेती गर्दै आउनुभएका शर्माले केरा पकटे क्षेत्र विस्तारअन्तर्गत तीन रोपनी जग्गामा केराखेती विस्तार गरिएको बताउनुभयो । “फलाटे कृषक समूहअन्तर्गत अन्य किसानलाई केरा विस्तारमा सघाउँदै आएको छु । रु १२ लाख बजेटबाट बिरुवा खरिद, खाल्टो खन्न र बिरुवा लगाउन ५० प्रतिशत सुविधा किसानलाई दिइएको छ । एउटा खाल्टो तयार गर्न रु एक सय ५०, बिरुवा खरिद गर्न रु ३० र रोप्न रु ३० निर्धारण गरिएको छ”, शर्माले भन्नुभयो ।

यस्तै, सिँचाइ पूर्वाधारका लागि फलाटे कृषि समूहले ८५ प्रतिशत अनुदानमा सिँचाइको व्यवस्था मिलाएको छ । स्थानीय जातको केराखेती विस्तार र सिँचाइ पूर्वाधारमा नगरपालिकाको रु १२ लाख लगानी भए पनि किसानको श्रमदान जोड्दा रु १८ लाख पुगेको नगरपालिकाको कृषि शाखा प्रमुख सुवास सापकोटाले जानकारी दिनुभयो । फलाटे, भडारा र साना किसान समूहमा विमानमारे एक सय ४० रोपनी क्षेत्रफलमा बाँझो जग्गा सदुपयोग गरेर केराखेती विस्तार भइरहेको उहाँले बताउनुभयो ।

“केराखेती विस्तार गर्नेमा पहिलो चरणमा ५० भन्दा बढी किसान रहेका छन् । भाडारा, फलाटे, बिनामारे, वडारे, टार, टुनीवोट, खौरीकेस, मिरिघार र खौलालगायत गाउँमा खेराखेती विस्तार गरिएको छ”, सापकोटाले भन्नुभयो,“समुन्द्री सतहबाट छ सय मिटर मात्रै उचाइ रहेकाले जैमिनीघाट र कुश्मीसेरामा केराखेतीका लागि उपयुक्त हावापानी छ । वडा नं १ का एक हजारभन्दा बढी किसानले व्यावसायिक केराखेती गरेका छन् ।”

यहाँका किसानले ‘रामरेखा लोकल’, ‘झापाली मालुवा’ र ‘जी ९’ जातका केराको व्यावसायिक उत्पादन गरिरहेका छन् ।
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ नोट साट्न राष्ट्र बैंक धाउन नपर्ने, एटीएमबाटै १०० रुपैयाँका नोट पाइने दसैँअघि देशभरका अवरुद्ध सडक सञ्चालनमा ल्याउने सरकारको तयारी कांग्रेस महाधिवेशन : वर्षाले रोकियो बन्दसत्र, ४ बजेपछि सुरु हुने रास्वपाको ‘हामी आउँदैछौं’ अभियान धादिङबेसीबाट सुरु पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेको आरोपमा दम्पती पक्राउ सुनचाँदीको मूल्य बढ्यो बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै