४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

गोरखाको भीमसेनथापा गाउँपालिकाले पातपतिंगर संकलन गर्नेलाई नगद पुरस्कार प्रदान गर्ने

२७ चैत्र २०८१, बुधबार ११:५४

काठमाडौँ | गोरखाको भीमसेनथापा गाउँपालिकाले डढेलो नियन्त्रणको प्रयास स्वरुप पातपतिंगर संकलन’ कार्यक्रम कार्यान्वयन गरेको छ । कार्यक्रम कार्यान्वयनसँगै पालिकाले पातपतिंगर संकलन गर्नेलाई नगद पुरस्कार प्रदान गर्ने घोषणा पनि गरेको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीका अनुसार पालिकाभित्रका सामुदायिक वनबाट पातपतिंगर संकलन गर्नेलाई प्रतिकिलो रु दुईका दरले नगद उपलब्ध गराउने निर्णय भएको छ । पातपतिंगर जोकोही, टोल विकास संस्था, क्लब, समूह, सहकारी संस्था, निजी फर्म तथा कम्पनीले सम्बन्धित सामुदायिक वन उपभोक्ता समिति तथा वडा कार्यालयसँग समन्वय गरेर संकलन गर्न पाउनेछन् ।

“संकलित पातपतिंगर प्राङगरिक मल बनाउन प्रयोग हुन्छ । त्यसको व्यवस्थापन तथा बिक्रीको जिम्मा भने सम्बन्धित सामुदायिक वन तथा वडा कार्यालयलाई दिइनेछ”, प्रशासकीय अधिकृत अधिकारीले भने, “कार्यक्रम नयाँ हो तर यसलाई अनुकरणीय बनाउने लक्ष्य छ ।” पालिकाबाट अनुगमन गरेपछि मात्र पातपतिंगर संकलनबापतको रकम उपलब्ध गराइने छ ।

कार्यक्रमअन्तर्गत हाल गाउँपालिकास्थित अधिकांश वनका पातपतिंगर संकलन भइरहेको प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिए । यो कार्यक्रमले बनलाई डढेलोबाट जोगाउन मद्दत मिल्ने उनको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’