३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

विपद् न्यूनीकरणमा एकजुट हुन मुख्यमन्त्री पाण्डेको आग्रह

९ बैशाख २०८२, मंगलवार १५:३०

काठमाडौँ | गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्राकृतिक विपद् न्यूनीकरण, खोज, उपचार र राहतलगायतका काममा सरोकारवाला सबै एकजुट हुन आग्रह गर्नुभएको छ ।

सशस्त्र प्रहरी बलले आज पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा गरेको विपद् प्रतिकार्य नमूना अभ्यासको अवलोकनपछि उहाँले गण्डकी प्रदेश प्राकृतिक रुपमा जति सुन्दर छ त्यति नै विपद्का दृष्टिले जोखिमयुक्त रहेको बताउनुभयो ।

“तालैतालको सहर पोखरामा जलउत्पन्न प्रकोपका घटना बढी हुने भएकाले यसतर्फ प्रदेश सरकारको ध्यान केन्द्रित भएको छ”, उहाँले भन्नुभयो, “फेवातालमा जस्तै उद्धार टावर बेगनास तालमा पनि निर्माण गर्न प्रदेश सरकारले काम अगाडि बढाएको छ ।” सशस्त्र प्रहरी बलको पोखरास्थित मुक्तिनाथ बाहिनीको संयोजन र कालिका गणको आयोजना भएको उक्त विपद् प्रतिकार्य नमूना अभ्यासले जलउत्पन्न प्रकोप न्यूनीकरणमा थप सहयोग पुर्‍याउने मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।

विपद्का घटना न्यूनीकरण गर्न गण्डकी प्रदेश सरकारले सबै सुरक्षा निकायसँगको समन्वय र सहकार्यमा विपद् नमूना अभ्यास, तालिम, प्रतिकार्य र सामग्री हस्तान्तरणका कार्यक्रम सञ्चालनमा सहकार्य गर्दै आएको उहाँको भनाइ थियो । मुख्यमन्त्री पाण्डेले पानीजन्य विपद्को जोखिम न्यूनीकरण गर्न प्रदेश सरकारले सशस्त्र प्रहरी बलसँगको सहकार्यमा गोताखोर तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो ।

उहाँले स्थानीय समुदायलाई पनि विपद्को समयमा गर्नुपर्ने कार्यहरु तथा अपनाउनुपर्ने संयमताका बारेमा जानकारी गराउनुपर्ने उल्लेख गर्नुभयो । “सक्रिय तयारी, सुदृढ समन्वय र स्थानीय तहसम्म उद्धार क्षमताको विकासले विपद्बाट हुने ठूलो क्षति न्यूनीकरण गर्न सकिन्छ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो । उहाँले प्रदेशस्तरमा रु १० करोड नघट्ने गरी र जिल्लास्तरमा रु १० लाख नघट्ने गरी विपद् व्यवस्थापन कोष सञ्चालन गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ