३० बैशाख २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

दोर्दी जोड्ने सडक अन्तिम चरणमा

१४ बैशाख २०८२, आईतवार ११:०८

काठमाडौँ | दोर्दी गाउँपालिका केन्द्र जोड्ने सडक निर्माण अन्तिम चरणमा पुगेको छ । उक्त सडकको अझै २० प्रतिशत काम बाँकी छ ।

गण्डकी प्रदेश सरकारले एक पालिका एक सडक अभियानअन्तर्गत अघि बढाएको यहाँको यस उदीपुर–रिठ्ठेबगर–नौथर सडकको निर्माण हालसम्म ८० प्रतिशत सम्पन्न भएको लमजुङ पूर्वाधार विकास कार्यालयले जनाएको छ । दुई वर्षमा सम्पन्न गर्नुपर्ने यो सडकको स्तरोन्नति कार्य पाँच वर्ष हुन लाग्दा बल्ल ८० प्रतिशत हाराहारीमा छ ।

पूर्वधार कार्यालयका निमित्त प्रमुख विवेक सिग्देलले भन्नुभयो, “कोरोना सङ्क्रमणलगायत विविध कारण देखाउँदै ठेकेदारले निर्माणको काम ढिला गर्यो, अहिले पछिल्लो समयमा भने सरकारले रकम उपलब्ध गराउन नसक्दा पनि ठेकेदारले मन लगाएर काम नगर्दा निर्माण सुस्त भइरहेको छ ।”

पटकपटक म्याद थप्दै काम गरे पनि थप गरिएको समयमा सकिन लाग्दा समेत काम सम्पन्न नहुँदा निर्माण ढिला भएको हो । यहाँ नाला बनाउने र स्टक्चरको काम अधिकांश सम्पन्न भएको निमित्त प्रमुख सिग्देलले बताउनुभयो । उहाँका अनुसार कालोपत्रका लागि बेस हाल्ने काम भइरहेको छ । प्रदेश सरकारको रु २६ करोड २९ लाखको लगानीमा सात दशमलव १२१ किलोमिटर कालोपत्र हुन लागेको हो । यस वर्षमात्र रु चार करोड १० लाख कार्यालयले भुक्तानी गरेको छ भने हालसम्म रु २१ करोड भुक्तानी गरेको निमित्त प्रमुख सिग्देलको भनाइ छ । सम्झौताअनुसार विसं २०७९ असार २ गतेभित्र कालोपत्र गरिसक्नुपर्ने भए पनि कोभिडलगायत कारण निर्माण सुरु हुन ढिलाइ हुँदा निर्माण कम्पनीले २०७९ पुससम्ममा पुनर्निर्माण लागि जिम्मेवारी पाएको थियो ।

उक्त समयभित्र पनि निर्माण सम्पन्न नभएपछि पुनः म्याद थप गर्दै २०८० असार २९ गतेसम्म सम्पन्न गर्ने सम्झौता गरेको थियो । पुनः म्याद थप गर्दै २०८१ मङ्सिर २८ गतेसम्म सम्पन्न गर्नेगरी सम्झौता भएको थियो । उक्त समयमा पनि निर्माण सम्पन्न नहुँदा हालसम्म पनि म्याद थप हुनसकेको छैन । सडकको निर्माण गर्न कन्टेक निर्माण प्रालि काठमाडौँले सडक २०७७ असार ३ गते सम्झौता भएको थियो ।

निर्माण ढिलाइका कारण पटकपटक म्याद थप गर्दै आए पनि अब भने संसोधन भएर आएमा मात्र पुनः म्याद थप हुने, नत्र म्याद थप गर्न नसकिने सिग्देलको भनाइ छ । हामीले बजेट पनि अपुग भएर बजेट सुनिश्चिताका लागि सम्बन्धित निकायमा पठाएको र तत्काललाई करिब रु दुई करोड अपुग रहेको कार्यालयका प्रमुख सिग्देलले बताउनुभयो । सरकारले बजेट निकासा गर्न नसक्दा पनि निर्माणकार्यमा ढिलाइ भएको उहाँको भनाइ छ ।

पूर्वाधार कार्यालयका अनुसार बेँसीसहर नगरपालिका–१ उदीपुरबाट बेँसीसहर नगरपालिका–११ हुँदै दोर्दी गाउँपालिका–४ स्थित दोर्दी गाउँपालिका जोड्ने यस सडकको अस्फाल्ट कालोपत्र हुने छ । सो सडकका दुई ठाउँमा गरी एक हजार ११३ घनमिटर सडक ढलान गरिने छ । गााउँपालिका केन्द्र जोड्ने मुख्य यस सडकको निर्माण ढिलाइ हुँदा पालिकावासीले कष्टकर यात्रा गर्न बाध्य हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्डोनेसियामा म्याद गुज्रिएका विस्फोटक पदार्थ नष्ट गर्ने क्रममा १३ जनाको मृत्यु निजी क्षेत्रका समस्या सम्बोधन गर्न निरन्तर सुधारका काममा भइरहेका छन्ः अर्थमन्त्री पौडेल जनतामा देखिएको असन्तुष्टिलाई राजावादीले दुरुपयोग गर्न खोजे,त्यस्तो शक्तिहरूलाई निस्तेज पार्नुपर्ने: प्रचण्ड सकियो न्यायिक सम्मेलन, आठ बुँदे घोषणापत्र जारी डिजिटल टेक्नोलोजी कारण विद्युत प्राधिकरणले ठूलो फड्को मारेको: कुलमान घिसिङ पौडी खेल्ने क्रममा डुबेर मृत्यु सुन्धारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु,२ जना घाइते छत्तीसगढमा सडक दुर्घटना हुँदा १३ जनाको मृत्यु रुकुम पश्चिममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते नक्कली प्रहरी बनेर डकैती गर्ने आठ जना पक्राउ सडकबाटो बिग्रपछि चौकीडाँडा–कबिलासडाँडाको प्याराग्लाइडिङ बन्द ७० वर्षको उमेरमा फेरि नयाँ क्रान्तिको नेतृत्व गर्ने :प्रचण्ड ‘जलविद्युत्मार्फत क्षेत्रीय आर्थिक सहकार्य जरुरी’ विश्वव्यापीरुपमा बढिरहेको अशान्ति र द्वन्द्व समाधान गर्न बुद्ध–शिक्षा महत्वपूर्णः प्रधानमन्त्री ओली रुकुम पश्चिममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु टर्कीमा राज्यविरुद्धको सशस्त्र संघर्ष अन्त्यको घोषणा राष्ट्रपति पौडेलद्वारा ज्येष्ठ नागरिकलाई सम्मान हाम्रो लडाई आतंकवाद र आतंककारीहरूविरुद्ध थियो: भारतीय सेना बुद्धजयन्तीका अवसरमा पनौती–नमोबुद्ध शान्ति पदयात्रा समय सान्दर्भिक हुलाक सेवा ऐन ल्याउँछौँ : मन्त्री गुरुङ