२०८३, ६ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

दोर्दी जोड्ने सडक अन्तिम चरणमा

२०८२, १४ बैशाख आईतवार ११:०८

काठमाडौँ | दोर्दी गाउँपालिका केन्द्र जोड्ने सडक निर्माण अन्तिम चरणमा पुगेको छ । उक्त सडकको अझै २० प्रतिशत काम बाँकी छ ।

गण्डकी प्रदेश सरकारले एक पालिका एक सडक अभियानअन्तर्गत अघि बढाएको यहाँको यस उदीपुर–रिठ्ठेबगर–नौथर सडकको निर्माण हालसम्म ८० प्रतिशत सम्पन्न भएको लमजुङ पूर्वाधार विकास कार्यालयले जनाएको छ । दुई वर्षमा सम्पन्न गर्नुपर्ने यो सडकको स्तरोन्नति कार्य पाँच वर्ष हुन लाग्दा बल्ल ८० प्रतिशत हाराहारीमा छ ।

पूर्वधार कार्यालयका निमित्त प्रमुख विवेक सिग्देलले भन्नुभयो, “कोरोना सङ्क्रमणलगायत विविध कारण देखाउँदै ठेकेदारले निर्माणको काम ढिला गर्यो, अहिले पछिल्लो समयमा भने सरकारले रकम उपलब्ध गराउन नसक्दा पनि ठेकेदारले मन लगाएर काम नगर्दा निर्माण सुस्त भइरहेको छ ।”

पटकपटक म्याद थप्दै काम गरे पनि थप गरिएको समयमा सकिन लाग्दा समेत काम सम्पन्न नहुँदा निर्माण ढिला भएको हो । यहाँ नाला बनाउने र स्टक्चरको काम अधिकांश सम्पन्न भएको निमित्त प्रमुख सिग्देलले बताउनुभयो । उहाँका अनुसार कालोपत्रका लागि बेस हाल्ने काम भइरहेको छ । प्रदेश सरकारको रु २६ करोड २९ लाखको लगानीमा सात दशमलव १२१ किलोमिटर कालोपत्र हुन लागेको हो । यस वर्षमात्र रु चार करोड १० लाख कार्यालयले भुक्तानी गरेको छ भने हालसम्म रु २१ करोड भुक्तानी गरेको निमित्त प्रमुख सिग्देलको भनाइ छ । सम्झौताअनुसार विसं २०७९ असार २ गतेभित्र कालोपत्र गरिसक्नुपर्ने भए पनि कोभिडलगायत कारण निर्माण सुरु हुन ढिलाइ हुँदा निर्माण कम्पनीले २०७९ पुससम्ममा पुनर्निर्माण लागि जिम्मेवारी पाएको थियो ।

उक्त समयभित्र पनि निर्माण सम्पन्न नभएपछि पुनः म्याद थप गर्दै २०८० असार २९ गतेसम्म सम्पन्न गर्ने सम्झौता गरेको थियो । पुनः म्याद थप गर्दै २०८१ मङ्सिर २८ गतेसम्म सम्पन्न गर्नेगरी सम्झौता भएको थियो । उक्त समयमा पनि निर्माण सम्पन्न नहुँदा हालसम्म पनि म्याद थप हुनसकेको छैन । सडकको निर्माण गर्न कन्टेक निर्माण प्रालि काठमाडौँले सडक २०७७ असार ३ गते सम्झौता भएको थियो ।

निर्माण ढिलाइका कारण पटकपटक म्याद थप गर्दै आए पनि अब भने संसोधन भएर आएमा मात्र पुनः म्याद थप हुने, नत्र म्याद थप गर्न नसकिने सिग्देलको भनाइ छ । हामीले बजेट पनि अपुग भएर बजेट सुनिश्चिताका लागि सम्बन्धित निकायमा पठाएको र तत्काललाई करिब रु दुई करोड अपुग रहेको कार्यालयका प्रमुख सिग्देलले बताउनुभयो । सरकारले बजेट निकासा गर्न नसक्दा पनि निर्माणकार्यमा ढिलाइ भएको उहाँको भनाइ छ ।

पूर्वाधार कार्यालयका अनुसार बेँसीसहर नगरपालिका–१ उदीपुरबाट बेँसीसहर नगरपालिका–११ हुँदै दोर्दी गाउँपालिका–४ स्थित दोर्दी गाउँपालिका जोड्ने यस सडकको अस्फाल्ट कालोपत्र हुने छ । सो सडकका दुई ठाउँमा गरी एक हजार ११३ घनमिटर सडक ढलान गरिने छ । गााउँपालिका केन्द्र जोड्ने मुख्य यस सडकको निर्माण ढिलाइ हुँदा पालिकावासीले कष्टकर यात्रा गर्न बाध्य हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ