2026-10-05 05:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

शोकमा साथ दिँदै सुन्दरबजार नगरपालिका

काठमाडौं । लमजुङको स्थानीय सरकारको सामाजिक उत्तरदायित्व अन्तर्गत यहाँको सुन्दरबजार नगरपालिकाले सञ्चालन गरेको मलामीसहितको शववाहन सेवा प्रभावकारी बनेको छ ।
पालिकाले विसं २०७९ साउन १ गतेदेखि कार्यविधि बनाएर सुरु गरेको यस अभियान अन्तर्गत हालसम्म १३५ जनाले सुविधा लिएका छन् । नगरभित्र कसैको मृत्यु भएपश्चात सम्बन्धित वडा अध्यक्षमार्फत नगरपालिकामा खबर गरिएपछी मलामीसहितको शववाहन उक्त घरमा पु¥याउने गरिएको छ । संस्कार गरिसकेपछि  पुनःमलामीलाई घर छाडेर फर्कने व्यवस्था गरिएको छ । यो सेवा मृतकको अन्त्येष्टि प्रक्रियालाई व्यवस्थित, सहज र सम्मानजनक बनाउन सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले सेवा थप व्यवस्थित बनाइएको जानकारी दिँदै शववाहनमा मलामीका लागि बसलगायत आवश्यक सामग्री उपलब्ध गराउँदै आएको बताउनुभयो । यस सेवाले शोकमा परेका परिवारलाई केही राहत मिलेको प्रमुख प्रशासकीय अधिकृत घर्तीको भनाइ छ ।
नगर प्रमुख कृष्णप्रसाद कोईरालाले सामाजिक उत्तरदायित्वको भावनाले यस कार्यक्रम सुरु गरिएको बताउनुभयो । मृतकप्रति सम्मान र परिवारप्रति सहानुभूति व्यक्त गर्न मलामीसहितको शववाहन सेवा सुरु गरेको उहाँको भनाइ छ ।
नगरपालिकाले आगामी दिनमा सेवा अझ प्रभावकारी र पहुँचमैत्री बनाउन तयारी गरिरहेको जनाएको छ ।
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकियो कांग्रेस महाधिवेशन: बन्दसत्रअघि केन्द्रीय समिति बैठक, मंगलबारदेखि उम्मेदवारी दर्ता त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड