2026-10-07 05:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

तनहुँका ४८ जना विपन्न परिवारलाई आवास निर्माण गरी हस्तान्तरण

2025-06-19
काठमाडौं । तनहुँ जिल्लाको म्याग्दे गाउँपालिकाले ४८ जना विपन्न परिवारलाई आवास निर्माण गरी हस्तान्तरण गरेको छ । आर्थिक अवस्था कमजोर भएका वर्गलाई नमूना आवास कार्यक्रमअन्तर्गत निर्माण गरिएको आवास संयुक्त रूपमा प्रदान गरिएको हो ।
दश वर्षसम्म बेच्न, भाडामा लगाउन र धितो राख्न नपाउने प्रावधानसहित घर हस्तान्तरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । “विपन्न नागरिक घरविहीन नहुन् भनेर सम्बन्धित वडाको सिफारिसका आधारमा घर निर्माण गरी संयुक्त रूपमा प्रमाणपत्र प्रदान गरिसकिएको छ”, उहाँले भन्नुभयो ।
आर्थिक वर्ष २०८०/८१ मा २५ घरका लागि रु आठ लाख र आव २०८१/८२ मा २३ घरलाई रु १० लाख लागतमा बोलपत्रमार्फत प्रक्रिया गरी आवास निर्माण गरिएको हो ।
सङ्कको समपुरक कोषको ३८ प्रतिशत र गाउँपालिकाको ६२ प्रतिशत लागतमा आवास निर्माण गरिएको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताउनुभयो । उहाँका अनुसार आवास सुविधा लिनका लागि परिवार सदस्यमा कोही स्थायी रोजगार तथा दिगो लगानी तथा आयस्रोत नभएका, दोहोरो सुविधा तथा अनुदान नलिएकालगायत प्रमाण पेस गर्नुपर्ने प्रावधान छ ।
अपाङ्गता भएका व्यक्ति, असहाय, सिमान्तकृत, अल्पसङ्ख्यक तथा दलित जातिमा सूचीकृत भएकालाई प्राथमिकता दिइएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो । “हामी जनप्रतिनिधिमा निर्वाचित भएपछि पाँच वर्षभित्रमा कम्तीमा ६० घर बनाउछौँ भन्ने प्रतिबद्धता जनाएबमोजिम अहिलेसम्म ४६ वटा सम्पन्न गरी हस्तान्तरण गरेका छौँ”, उहाँले भन्नुभयो ।
गाउँपालिकाका इञ्जिनियर शिव ज्ञवालीले ४८ जना विपन्न परिवारका लागि दुई कोठे पक्की भवन निर्माण गरिएको बताउनुभयो । पालिकाले घरविहीन नागरिकलाई लक्षित गरी नमूना आवास कार्यक्रम सञ्चालन गरी भवन निर्माणलाई प्राथमिकतामा राखेको उहाँले उल्लेख गर्नुभयो ।
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो