२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

प्रचण्डले देवचुलीको रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको अनुगमन गरे

२०८२, २ बैशाख मंगलवार १३:११

काठमाडौँ | हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी तराई मधेस जागरण अभियान अन्तर्गत नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देवचुली नगरपालिका–१६, रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको अनुगमन गरेका छन्।

चिकित्सालय भ्रमणपछि नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान तथा अन्तर्क्रिया कार्यक्रमसमेत सम्पन्न भएको छ। उक्त कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले प्राकृतिक चिकित्सा प्रणालीको महत्त्वबारे चर्चा गरे। उनले स्थानीय स्तरमा स्वास्थ्य पूर्वाधारको विकासका लागि समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेकोमा जोड दिए । अध्यक्ष प्रचण्डले यस अघि महिला आवाससहितको नयाँ उपचार कक्षको उद्घाटन समेत गरेका थिए। प्रधानमन्त्री रहेका बेला उनले संघीय सरकारबाट १३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिँदै प्रदेश सरकारलाई पनि थप लगानी गर्न आग्रह गरेको जानकारी दिए ।

“स्थानीय रूपमा सुरु गरिएको यस चिकित्सालयले आज देशकै महत्वपूर्ण स्वास्थ्य संस्थाको रूपमा परिचय बनाइसकेको छ,” उनले भने। “नेपालको योगा तथा प्राकृतिक चिकित्सा प्रणालीले पश्चिमी चिकित्सा प्रणाली र एलोपेथिक प्रवृत्तिमा देखिएको बेथिति हटाउँदै, सस्तो र सुलभ स्वास्थ्य सेवा प्रदान गरिरहेको छ।”प्रचण्डले आफु सरकारमा रहँदा पनि यस संस्थाको विकासमा निरन्तर सहयोग पुर्‍याएको उल्लेख गर्दै आगामी दिनमा यसलाई प्राकृतिक चिकित्सा शिक्षण अस्पताल तथा विश्वविद्यालयको रूपमा विकास गर्न आफ्नो पार्टीले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले चिकित्सक अभावको विषय उठाउँदै आवश्यक पाठ्यक्रम तयार गरी शिक्षणको व्यवस्था मिलाइने जानकारी दिए। साथै, व्यवस्थापन र भवन निर्माणमा आवश्यक पहल गर्ने विश्वास पनि व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश