१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

रोजगारी र उद्यम प्रवर्द्धनका लागि उत्कृष्ट उद्यमी छनोट

१६ बैशाख २०८२, मंगलवार १४:४०

काठमाडौँ | यहाँको हुप्सेकोट गाउँपालिकामा ४० उत्कृष्ट उद्यमी छनोट गरिएको छ । उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, हुप्सेकोट गाउँपालिका र ‘दायित्व’ नामक एक संस्थाको सहकार्यमा सञ्चालित ‘वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत यहाँका ४० जना उत्कृष्ट उद्यमी छनोट गरिएको हो ।

गाउँपालिकाभित्र रोजगारी र उद्यम प्रवर्द्धनका लागि गरिएका अध्ययन तथा सम्भाव्यता विश्लेषणपछि खुला आवेदन आह्वान गरिएको थियो । प्राप्त ९८ आवेदनमध्ये सोच र सीप, विद्यमान अवस्था, नवप्रवर्तन क्षमता, व्यावसायिक योजना, बजार सम्भावना, नेतृत्व क्षमता र सामाजिक प्रभावजस्ता मापदण्डका आधारमा उद्यमी छनोट गरिएको हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले जानकारी दिनुभयो ।

“छनोट भएका ४० उद्यमीमध्ये आगामी चरणमा उत्कृष्ट २० लाई सुदृढीकरण तालिम दिइनेछ । त्यसपछि उनीहरूलाई व्यावसायिक योजना सुधार, बजार विस्तार र उद्यम विकास साझेदारीका माध्यमबाट थप सहयोग गरिनेछ”, उहाँले भन्नुभयो, “अन्तिम चरणमा मूल्याङ्कन गरी १० उत्कृष्ट उद्यमीलाई विशेष नेतृत्व विकास, लगानी परिचालन तथा राष्ट्रिय र अन्तरराष्ट्रिय बजारसँग जोड्न सहयोग गरिनेछ ।”

कार्यक्रमको मूल उद्देश्य गाउँपालिका क्षेत्रमा साना तथा लघु उद्यमहरूलाई मजबुत बनाउँदै दिगो रोजगारी र आय वृद्धिमा योगदान गर्नु रहेको कार्यक्रम प्रबन्धक सञ्जय पोख्रेलले बताउनुभयो । “यस कार्यक्रमअन्तर्गत शासकीय क्षमता सुदृढीकरण र बहुपक्षीय सरोकारवालाबीच ज्ञान आदानप्रदानलाई प्रोत्साहित गर्ने लक्ष्य छ”, प्रबन्धक पोख्रेलले भन्नुभयो ।

समृद्ध नेपालको साझा परिकल्पनालाई साकार पार्न र ग्रामीण क्षेत्रमा रोजगारी तथा आय वृद्धिमा योगदान पु¥याउन ‘वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रम’ त्रिपक्षीय साझेदारीमा सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पराजुलीले बताउनुभयो ।

उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, हुप्सेकोट गाउँपालिका र दायित्व संस्थाको लागत साझेदारीमा गण्डकी प्रदेशका पाँचवटा गाउँपालिकामा यो कार्यक्रम सञ्चालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक