२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

रोजगारी र उद्यम प्रवर्द्धनका लागि उत्कृष्ट उद्यमी छनोट

२०८२, १६ बैशाख मंगलवार १४:४०

काठमाडौँ | यहाँको हुप्सेकोट गाउँपालिकामा ४० उत्कृष्ट उद्यमी छनोट गरिएको छ । उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, हुप्सेकोट गाउँपालिका र ‘दायित्व’ नामक एक संस्थाको सहकार्यमा सञ्चालित ‘वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत यहाँका ४० जना उत्कृष्ट उद्यमी छनोट गरिएको हो ।

गाउँपालिकाभित्र रोजगारी र उद्यम प्रवर्द्धनका लागि गरिएका अध्ययन तथा सम्भाव्यता विश्लेषणपछि खुला आवेदन आह्वान गरिएको थियो । प्राप्त ९८ आवेदनमध्ये सोच र सीप, विद्यमान अवस्था, नवप्रवर्तन क्षमता, व्यावसायिक योजना, बजार सम्भावना, नेतृत्व क्षमता र सामाजिक प्रभावजस्ता मापदण्डका आधारमा उद्यमी छनोट गरिएको हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले जानकारी दिनुभयो ।

“छनोट भएका ४० उद्यमीमध्ये आगामी चरणमा उत्कृष्ट २० लाई सुदृढीकरण तालिम दिइनेछ । त्यसपछि उनीहरूलाई व्यावसायिक योजना सुधार, बजार विस्तार र उद्यम विकास साझेदारीका माध्यमबाट थप सहयोग गरिनेछ”, उहाँले भन्नुभयो, “अन्तिम चरणमा मूल्याङ्कन गरी १० उत्कृष्ट उद्यमीलाई विशेष नेतृत्व विकास, लगानी परिचालन तथा राष्ट्रिय र अन्तरराष्ट्रिय बजारसँग जोड्न सहयोग गरिनेछ ।”

कार्यक्रमको मूल उद्देश्य गाउँपालिका क्षेत्रमा साना तथा लघु उद्यमहरूलाई मजबुत बनाउँदै दिगो रोजगारी र आय वृद्धिमा योगदान गर्नु रहेको कार्यक्रम प्रबन्धक सञ्जय पोख्रेलले बताउनुभयो । “यस कार्यक्रमअन्तर्गत शासकीय क्षमता सुदृढीकरण र बहुपक्षीय सरोकारवालाबीच ज्ञान आदानप्रदानलाई प्रोत्साहित गर्ने लक्ष्य छ”, प्रबन्धक पोख्रेलले भन्नुभयो ।

समृद्ध नेपालको साझा परिकल्पनालाई साकार पार्न र ग्रामीण क्षेत्रमा रोजगारी तथा आय वृद्धिमा योगदान पु¥याउन ‘वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रम’ त्रिपक्षीय साझेदारीमा सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पराजुलीले बताउनुभयो ।

उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, हुप्सेकोट गाउँपालिका र दायित्व संस्थाको लागत साझेदारीमा गण्डकी प्रदेशका पाँचवटा गाउँपालिकामा यो कार्यक्रम सञ्चालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने