३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतको फलेबासमा ‘आमा-बा स्वास्थ्य कार्यक्रम’ सुरु

३० बैशाख २०८२, मंगलवार १२:२०

काठमाडौँ | पर्वतको फलेवास नगरपालिकामा आमा-बा स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको छ । ग्रामीण क्षेत्रमा रहेका ज्येष्ठ नागरिक, वृद्धवृद्धाको नियमित स्वास्थ्य परीक्षण गर्ने, विभिन्न रोगको सङ्क्रमणबाट बचाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

वृद्धवृद्धाहरूको रक्तचाप, मधुमेह, मुटु, मृगौला रोगको परीक्षण, रगत, दिसा, पिसाव, खकारलगायत जाँच, पोषण अवस्थाको लेखाजोखा, अन्य रोगको उपचार, परामर्श तथा सल्लाह दिनुका साथै गम्भीर स्वास्थ्य अवस्था देखिएकालाई उपचारका लागि अस्पताल पठाउन यो कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

गत शुक्रबारदेखि वडा नं १ कार्कीनेटबाट सुरुआत भएको कार्यक्रम ११ वटै वडामा सञ्चालन हुने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रुद्र सापकोटाले जानकारी दिनुभयो । चिकित्सकसहित स्वास्थ्यकर्मी नगरका सबै घरमा पुग्ने भएका छन् । उहाँका अनुसार वृद्धवृद्धाको नियमित स्वास्थ्य परीक्षण, दीर्घकालीन रोगीले उपचार तथा निदानका विकल्पसम्बन्धी परामर्श दिँदै औषधिको मात्रा, उपभोग्य मिति, उपभोग गर्ने समयलगायत जानकारी गराइने छ ।

“पछिल्लो समय गाउँमा युवापुस्ता शून्यप्रायः छन् । गाउँमा वृद्धवृद्धाहरू मात्र रहेको अवस्थामा उहाँहरूलाई सामान्यदेखि जटिल रोग लागेमा पनि अस्पतालसम्म पुगेर उपचार सेवा लिन सक्नुहुँदैन । जसका कारण लामो समयदेखि विभिन्न रोगले सङ्क्रमित भएर बसिरहनुपर्ने अवस्थाको अन्त्यका लागि चालु आर्थिक वर्षदेखि आमा–बा स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको हो”, सापकोटाले भन्नुभयो ।

उहाँका अनुसार कार्किनेटाबाट सुरु भएको अभियान थापाठाना, शङ्करपोखरी, मुडिकुवा, खानीगाउँ, देविस्थान, लिमिठाना, ठानामौला, भँगरा, कुर्घा र पाङ्राङमा पुगेर टुङ्गिने भएको छ ।

हरेक छ÷छ महिनामा नियमित स्वास्थ्य परीक्षणका लागि यो अभियान थालिने नगरप्रमुख गङ्गाधर तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार ज्येष्ठ नागरिकसँगै ३० वर्षभन्दा माथिका सबै नागरिकको स्वास्थ्य परीक्षण गरिनेछ ।

उपचारका क्रममा निःशुल्क औषधिसमेत वितरण गरिनुका साथै जटिल रोग लागेका बिरामीलाई नगरपालिकाकै एम्बुलेन्समार्फत अस्पतालसम्म पु¥याउने व्यवस्थासमेत गरिने नगप्रमुख तिवारीले बताउनुभयो ।

आर्थिक अभावका साथै अस्पतालसम्म लैजान आफन्तको अभावमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका वा अन्य असहाय नागरिकले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने नगरपालिकाको मुख्य उद्देश्य रहेको उहाँको भनाइ छ । यो कार्यक्रममार्फत नगरका १० हजारभन्दा बढीको स्वास्थ्य परीक्षण गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।

“नगरपालिका भए पनि अधिकांश ग्रामीण बस्ती रहेको फलेबासमा गुणस्तरीय स्वास्थ्य सेवाको अभाव भएकाले नियमित परीक्षणको दायरामा सबैलाई ल्याउन अभियान सञ्चालन गरेका हौँ”, नगरप्रमुख तिवारीले भन्नुभयो ।

नगरका अधिकांश वडामा रहेका स्वास्थ्य चौकीमा अहेबका भरमा सञ्चालित छन् । सरकारले निःशुल्क ९८ प्रकारका औषधि वितरण गर्ने भनिए पनि ४० प्रकारका औषधिमात्र स्वास्थ्य संस्थामार्फत वितरण हुने गरेको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

वडाबाट प्रभावकारी स्वास्थ्य सेवा प्रवाह नभइरहेका बेला चिकित्सकसहितको टोली घरघर र टोलटोलमा पुगेर ज्येष्ठ नागरिकसहित ३० वर्षमाथिका सबैको स्वास्थ्य परीक्षण गर्ने कार्यक्रमले नगरवासीलाई स्वास्थ राख्न मद्दत पुग्ने फलेवास–८ ठानामौलाका वडाध्यक्ष मनबहादुर कुँवरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन