१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

‘कोरिया कमाई र सीप भैँसीपालनमा’

२५ बैशाख २०८२, बिहीबार ११:०४

काठमाडौँ | दक्षिण कोरियामा १० वर्ष बिताउनुभएका स्याङ्जा चापकोटका दुई दाजुभाइले गाउँ फर्केर कृषिउद्यम सुरु गर्नुभएको छ । यहाँका उत्तम आचार्य र वीरेन्द्र आचार्यले विदेशमा कमाएको धन आफ्नै गाउँमा भैँसीपालनमा खर्चिनुभएको छ ।

विसं २०७३ देखि सुरु गरेको सिद्धबाबा एग्रो फार्म एन्ड रिसर्च सेन्टर प्रालि हाल गण्डकी प्रदेशमै ठूलोमध्येको एक भैँसी फार्मको पहिचान बनाएको छ । दश वर्ष कोरियामा सिकेको सीप र कमाएको पैसा लगानी गरेको उक्त फर्ममा ६७ वटा गुजराती र मुर्रा जातका भैँसीहरू छन् । हाल फर्मबाट दैनिक १८५ देखि २०० लिटरसम्म दूध उत्पादन भइरहेको छ । यसका साथै गोबर र मूत्रलाई जैविक मलका रूपमा बिक्री गरेर आम्दानी भइरहेको छ ।

आचार्य दाजुभाइ कोरियामा रहँदा सिकेको आधुनिक पशुपालन प्रविधिलाई नेपालमै प्रयोग गरिरहेको बताउनुहुन्छ । कोरियाबाट फर्किएपछि सुरुमा काठमाडौँमा होटल व्यवसायमा लागे पनि पछि गाउँमै आएर हार्डवेयर व्यवसाय र भैँसीपालन सुरु गरेको दाई उत्तमको भनाइ छ । “फार्म सञ्चालनका क्रममा हालसम्म रु तीन करोडभन्दा बढी लगानी भइसकेको छ । सञ्चालनको सुरुआतमा २५ प्रतिशत विश्व बैङ्क, २५ प्रतिशत नेपाल सरकार र बाँकी ५० प्रतिशत लगानी आफैले गरेका थियौँ”, उहाँहरूले भन्नुभयो,“फार्ममा प्रत्यक्ष रूपमा १० जनाले रोजगारी पाएका छन्भने अप्रत्यक्ष रूपमा थप धेरैलाई कामको अवसर सिर्जना भएको छ ।”

भाई वीरेन्द्र फार्ममा दिनहुँ आँफै खट्ने गरेको बताउनुहुन्छ । बिहानै फार्ममा पुगेर दूध प्याक गर्ने, क्यानमा राख्ने, होम डेलिभरी गर्ने र बिक्री नभएको दूधबाट पनिर उत्पादन गर्ने काम दिनहुँ भइरहेको उहाँको भनाइ छ । अब हरेक युवाले आफ्नै देशमा भविष्य खोज्नुपर्छ भनेर आफूहरू यस कार्यमा लागेको आचार्यले बताउनुभयो । “कुनै समय कोरियामा राम्रो जीवन बिताएका थियौँ । विदेश गएर अनुभव हासिल गर्नु राम्रो हो तर उतै बसेर हुँदैन । आफ्नो देश र माटो आफ्नै हुन्छ । त्यसैले विदेशबाट फर्किएर हामीले आफ्नै गाउँठाउँमा लगानी ग¥यो । कृषि क्षेत्रमा लगानी गर्न सके देशमै राम्रो गर्न सकिन्छ”, आचार्य दाजुभाइले एकैस्वरमा भन्नुभयो ।

हाल यस कार्यबाट चापाकोटका धेरै युवाहरू कृषिप्रति आकर्षित भइरहेका छन् । स्थानीय निकाय र राज्यले कृषिउद्यमलाई सम्मानित तथा प्रोत्साहन बनाउन सहयोग गरे धेरैले यसैमा भविष्य खोज्ने उहाँहरूको विश्वास छ । “देशमै भविष्य खोजेका कृषकलाई राज्यबाट पर्याप्त सुविधा नभएको महसुस हुन्छ । कहिलेकाहीँ भैँसीलाई मिल्क फिभर जस्ता रोग लाग्छन्, भैँसीको बिमा र स्वास्थ्य उपचार निःशुल्क छैन । अन्य धेरै पालिकाहरूमा प्रतिलिटर दूधमा रु दुईदेखि १५ सम्म अनुदान दिइए पनि चापाकोट नगरपालिकाले कुनै अनुदान दिएको छैन । यसबारे सोच्नुपर्छ”, सञ्चालक आचार्य दाजुभाइले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार