२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

‘कोरिया कमाई र सीप भैँसीपालनमा’

२०८२, २५ बैशाख बिहीबार ११:०४

काठमाडौँ | दक्षिण कोरियामा १० वर्ष बिताउनुभएका स्याङ्जा चापकोटका दुई दाजुभाइले गाउँ फर्केर कृषिउद्यम सुरु गर्नुभएको छ । यहाँका उत्तम आचार्य र वीरेन्द्र आचार्यले विदेशमा कमाएको धन आफ्नै गाउँमा भैँसीपालनमा खर्चिनुभएको छ ।

विसं २०७३ देखि सुरु गरेको सिद्धबाबा एग्रो फार्म एन्ड रिसर्च सेन्टर प्रालि हाल गण्डकी प्रदेशमै ठूलोमध्येको एक भैँसी फार्मको पहिचान बनाएको छ । दश वर्ष कोरियामा सिकेको सीप र कमाएको पैसा लगानी गरेको उक्त फर्ममा ६७ वटा गुजराती र मुर्रा जातका भैँसीहरू छन् । हाल फर्मबाट दैनिक १८५ देखि २०० लिटरसम्म दूध उत्पादन भइरहेको छ । यसका साथै गोबर र मूत्रलाई जैविक मलका रूपमा बिक्री गरेर आम्दानी भइरहेको छ ।

आचार्य दाजुभाइ कोरियामा रहँदा सिकेको आधुनिक पशुपालन प्रविधिलाई नेपालमै प्रयोग गरिरहेको बताउनुहुन्छ । कोरियाबाट फर्किएपछि सुरुमा काठमाडौँमा होटल व्यवसायमा लागे पनि पछि गाउँमै आएर हार्डवेयर व्यवसाय र भैँसीपालन सुरु गरेको दाई उत्तमको भनाइ छ । “फार्म सञ्चालनका क्रममा हालसम्म रु तीन करोडभन्दा बढी लगानी भइसकेको छ । सञ्चालनको सुरुआतमा २५ प्रतिशत विश्व बैङ्क, २५ प्रतिशत नेपाल सरकार र बाँकी ५० प्रतिशत लगानी आफैले गरेका थियौँ”, उहाँहरूले भन्नुभयो,“फार्ममा प्रत्यक्ष रूपमा १० जनाले रोजगारी पाएका छन्भने अप्रत्यक्ष रूपमा थप धेरैलाई कामको अवसर सिर्जना भएको छ ।”

भाई वीरेन्द्र फार्ममा दिनहुँ आँफै खट्ने गरेको बताउनुहुन्छ । बिहानै फार्ममा पुगेर दूध प्याक गर्ने, क्यानमा राख्ने, होम डेलिभरी गर्ने र बिक्री नभएको दूधबाट पनिर उत्पादन गर्ने काम दिनहुँ भइरहेको उहाँको भनाइ छ । अब हरेक युवाले आफ्नै देशमा भविष्य खोज्नुपर्छ भनेर आफूहरू यस कार्यमा लागेको आचार्यले बताउनुभयो । “कुनै समय कोरियामा राम्रो जीवन बिताएका थियौँ । विदेश गएर अनुभव हासिल गर्नु राम्रो हो तर उतै बसेर हुँदैन । आफ्नो देश र माटो आफ्नै हुन्छ । त्यसैले विदेशबाट फर्किएर हामीले आफ्नै गाउँठाउँमा लगानी ग¥यो । कृषि क्षेत्रमा लगानी गर्न सके देशमै राम्रो गर्न सकिन्छ”, आचार्य दाजुभाइले एकैस्वरमा भन्नुभयो ।

हाल यस कार्यबाट चापाकोटका धेरै युवाहरू कृषिप्रति आकर्षित भइरहेका छन् । स्थानीय निकाय र राज्यले कृषिउद्यमलाई सम्मानित तथा प्रोत्साहन बनाउन सहयोग गरे धेरैले यसैमा भविष्य खोज्ने उहाँहरूको विश्वास छ । “देशमै भविष्य खोजेका कृषकलाई राज्यबाट पर्याप्त सुविधा नभएको महसुस हुन्छ । कहिलेकाहीँ भैँसीलाई मिल्क फिभर जस्ता रोग लाग्छन्, भैँसीको बिमा र स्वास्थ्य उपचार निःशुल्क छैन । अन्य धेरै पालिकाहरूमा प्रतिलिटर दूधमा रु दुईदेखि १५ सम्म अनुदान दिइए पनि चापाकोट नगरपालिकाले कुनै अनुदान दिएको छैन । यसबारे सोच्नुपर्छ”, सञ्चालक आचार्य दाजुभाइले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर