2026-10-30 03:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

‘रामनदी घाट व्यवस्थापन तथा धार्मिक पर्यटनमा जोड’

काठमाडौँ | पाल्पा र स्याङ्जाको सङ्गमस्थलका रुपमा मात्र नभई धार्मिक पर्यटनका हिसाबले महत्वपूर्ण स्थल ‘रामनदी धाम’ पर्यटकीय गन्तव्यका रुपमा समेत विकसित हुँदैछ ।

धार्मिक मान्यताअनुसार मार्कण्य, भर्तृहरिजस्ता ऋषि महर्षिहरुको तपोभूमि एवं भगवान् रामचन्द्रले स्नान गर्ने नदीका रुपमा परिचित रामनदीको ऐतिहासिक महत्व रहेकोे छ ।

स्याङ्जाको गल्याङ नगरपालिका–१ मा अवस्थित पवित्रस्थल राम्दी धाममा बर्सेनि हजारौँ भक्तजन आई नाचगान, पूजापाठ, आराधना गर्नेक्रम बढेसँगै यो ठाउँ धार्मिक गन्तव्यका रुपमा परिचित हुन थालेको रामनदीधाम संस्कृत गुरुकुलका प्रधानाध्यापक कृष्णप्रसाद बस्यालले बताउनुभयो ।

दैनिक पूजापाठका अतिरिक्त पाल्पा, स्याङ्जा, बाग्लुङ, गुल्मी, रुपन्देही, कपिलवस्तु, नवलपरासीलगायत आसपासका जिल्लाहरुबाट समेत शवदहनका लागि कालीगण्डकी नदीतटस्थित पवित्र धार्मिकस्थल रामनदी धाममा ल्याइनेक्रम बढेको छ ।

कालीगण्डकी नदीलाई तीर्थको प्रतीकका रुपमा मानिएको, परापूर्वकालदेखि नै शवदहनस्थलका रुपमा प्रयोग गरिँदै आएको सो घाटमा अहिले दैनिक करिब ३० वटा शव जलाउने गरिएको छ । स्थानीयका अनुसार सिद्धार्थ राजमार्गको छेउमा पर्ने रामनदीधाममा २०१५ सालबाट नियमित घाटका रुपमा शवदहन गरिँदै आएको र पछिल्लो समय अन्त्येष्टि गरिनेको सङ्ख्या वृद्धि भएको छ ।

यसरी शव जलाउन ल्याउनेको सङ्ख्या वृद्धि भएसँगै नियमित सरसफाइको अभावका कारण वातावरणीय समस्या सिर्जना भएको महसुस गरी स्थानीय वडा तथा पालिकाले घाट सरसफाइमा ध्यान दिएको स्पष्ट गरेको छ ।

शव जलाउँदा निस्कने धुवाँको कारण रामनदी क्षेत्रको वातावरण प्रभावित भएकोे र कालीगण्डकी नदीको जलसमेत प्रदूषित भएको भन्ने गुनासो आउने गरेको बताउँदै गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले रामनदीलाई व्यवस्थित, वातावरणमैत्री र पर्यटकीयस्थलका रुपमा विकास गर्न प्रदेश तथा केन्द्र सरकारसँग अनुरोध गरेकाले अब काम अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

भरामनदीमा शवदहन गर्दा कुनै पनि शुल्क नलाग्ने जानकारी दिँदै प्रमुख भट्टराईले नदी किनारसम्म जाने बाटो पक्की बनाउन, खानेपानीसहित शौचालयको व्यवस्था गर्न, प्रतीक्षालय निर्माण गर्न पालिकाका तर्फबाट काम भइरहेको स्पष्ट गर्नुभयो ।

विधिपूर्वक शव जलाइसकेपछि नदी किनारमा छरपष्ट छाडिने पानीका बोतल, कपडा र अन्य फोहोरजन्य सामग्रीले पानी प्रदूषित हुने गरेकाले न्यूनतम सरसफाइमा ध्यान दिन पालिकाले सम्बद्ध पक्षसँग अनुरोध गरेको छ ।

यसैगरी, वर्षायामको समयमा नदीको बहाव बढ्दै जाँदा शव जलाउन कठिन हुने गरेको र कहिलेकाहीँ जलाउँदै गर्दा शवसमेत बगाउने गरेको दुखेसो मृतकका आफन्त तथा मलामीबाट गुनासो आउने स्थानीयको भनाइ छ ।

नगरप्रमुख भट्टराईले रामनदीधाममा उपयुक्त स्नानस्थल, व्यवस्थित शवदाहस्थल, किरियापुत्री भवन, शौचालय, खानेपानी समेटेर बृहत् योजना पेस गरेको र आगामी आर्थिक वर्ष २०८२÷८३ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गण्डकी प्रदेश सरकारबाट समेत बजेटको प्रबन्ध गर्ने आश्वासन प्राप्त भएकाले अब छिट्टै राम्दीले मुहार फर्ने र समग्र समस्या समाधान हुने बताउनुभयो ।

रामनदीघाटस्थित समस्या समाधानका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारले प्राथमिकताका साथ कार्यक्रम कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै गुरुकुलका प्रधानाध्यापक बस्याल कालीगण्डकी नदी तटमा रहेको पवित्रस्थललाई धार्मिक पर्यटनको केन्द्र बनाउन र शव दहनसहित घाट व्यवस्थापनमा सरोकार भएका सबैको ध्यान जानुपर्ने बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ