2026-10-07 11:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

फरार कसुरदारहरु पक्राउ

काठमाडौँ | जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विभिन्न मुद्दाका फरार कसुरदारलाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार एकै दिन विभिन्न मुद्दाका आठ कसुरदारलाई पक्राउ गरेको हो ।

जिल्ला अदालतबाट विभिन्न मितिमा मुद्दा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका आठ जनालाई एकै दिन पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रसन्नराज चौधरीले जानकारी दिनुभयो । पक्राउ परेका आठ जनामध्ये बैङ्किङ कसुरका चार, चेक अनादर तीन र कुटपिट एकजना रहेका छन् ।

पक्राउ परेका आठजना कसुरदारको २४ दिन कैद भुक्तान बाँकी रहेको छभने रु एक करोड ६१ लाख आठ हजार ४४२ जरिवाना असुल गर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो । बैङ्किङ कसुरमा पक्राउ पर्नेमा भीमबहादुर विश्वकर्माको २३ दिन कैद भुक्तान र रु ८० लाख जरिवाना रहेको छ ।

त्यसैगरी बैङ्किङ कसुरमै कमला केसीको रु ७९ लाख ८८ हजार, बैङ्किङ कसुरमै बत्ती विकको रु एक लाख र एक दिन कैद भुक्तान, बैङ्किङ कसुरमै शिवलाल लम्सालको रु १६ हजार ७५०, चेक अनादरमा झवनाथ भण्डारीको रु दुई हजार, चेक अनादरमै अमराज गुरुङको रु एक हजार, चेक अनादरमै गङ्गामाया गुरुङसेनीको रु ५८२ असुली गर्न बाँकी रहेको छ ।

त्यसैगरी कुटपिटमा ढालबहादुर सुनारको रु ११० असुली हुन बाँकी रहेको सूचना अधिकारी चौधरीले बताउनुभयो । जिल्ला अदालतबाट भएको फैसला कार्यान्वयनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउने कार्यका लागि जिल्लाबाट प्रहरी खटिएर पक्राउ गरेको हो । न्यायिक कारबाहीलाई पूर्णता दिँदै सुरक्षित र न्यायपूर्ण समाज निर्माणको सुनिश्चिततामा जोड दिएको उहाँले बताउनुभयो ।

जिल्ला अदालतले विभिन्न मितिमा फैसला गरेको मुद्दापश्चात् फरार रहेका कसुरदारलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा जरिवाना तथा कैद भुक्तानका लागि उपस्थित गराएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बडादशैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे कांग्रेस महाधिवेशनको बन्द सत्रमा आज चारवटै प्रतिवेदन पारित गरिँदै कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ