२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

तनहुँका कृषि भण्डारबाट म्याद गुज्रेका विषादी बरामद

२४ बैशाख २०८२, बुधबार १३:०५

काठमाडौँ | जिल्लाका एग्रोभेट, कृषि र बीउ भण्डारबाट म्याद गुज्रेका रु दुई लाख ४० हजार ३६० बराबरको विषादी बरामद गरिएको छ । यही वैशाख १७ गते गरिएको अनुगमनका क्रममा व्यास नगरपालिका-४ र शुक्लागण्डकी नगरपालिका-२ का छ वटा कृषि भण्डारबाट उक्त परिमाणको विषादी बरामद गरिएको हो ।

कीटनाशक, ढुसीनाशक, मुसानाशक, झारनाशक विषाली तथा मल र खाद्य तत्व, स्टिकरलगायत म्याद गुज्रेका वस्तु बरामद गरिएको हो । विभिन्न तरकारीका म्याद गुज्रेका बीउ मात्रै रु ५१ हजार १४५ बराबरको बरामद गरिएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र हरिहरभवन ललितपुर, कृषि ज्ञान केन्द्र तनहुँ, जिल्ला प्रशासन कार्यालय, बाली संरक्षण प्रयोगशाला पोखराद्वारा संयुक्तरूपमा गरिएको अनुगमनका क्रममा म्याद गुज्रेका विषादी तथा बीउ भेटिएको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत एवं सूचना अधिकारी किरण परियारले जानकारी दिनुभयो ।

जिल्लाका खुद्रा तथा थोक विषादी बिक्रेता पसलमा अनुगमन गर्दा अधिकांशमा म्याद गुज्रेका विषादी र बीउ भेटिएकाले बरामद गरी सिल गरिएको ज्ञान केन्द्रले जनाएको छ ।

कीटनाशक एक हजार ३७५ थान, ढुसीनाशक २३७ थान, मुसानाशक ४७ थान र झारनाशक विषादी १८ थान, मल तथा खाद्यतत्व २०० थान र स्टिकर ३५ थान बरामद गरिएको केन्द्रका सूचना अधिकारी परियारले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न तरकारीका बीउ ३५७ थान बराबरको म्याद गुज्रेको पाइएपछि बरामद गरिएको छ ।

बरामद गरिएका विषादी तथा बीउको विवरण र मुचुल्का गरी बोरामा सिल गरिएको परियारले बताउनुभयो । “अनुगमन गरिएका अधिकांश पसलमा म्याद गुज्रेका बीउबिजन, विषादी पाइएको छ । जसलाई व्यवस्थित बनाउन विषादी व्यवस्थापन ऐन कार्यान्वयन गर्नुपर्छ । ऐनमा दण्ड तथा जरिवाना गर्नुपर्ने लेखिएको छ”, उहाँले भन्नुभयो, “त्यसका लागि मुद्दामा जानुपर्ने हुन्छ । जुन झन्झटिलो छ । त्योभन्दा उपभोक्ता संरक्षण ऐन र कालो बजारी ऐनका केही दण्डसजाय दिने गरी प्रक्रिया अघि बढाउछौँ ।”

बाली प्रयोगशाला पोखराका प्रमुख शालिकराम अधिकारीले बिक्रेताले आफू सुरक्षित हुनुपर्ने कुनै पनि मापदण्ड प्रयोग गरिएको नपाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “पसलमा भएका सामग्री विषादी मिश्रण भएका छन् । जसले खरिदकर्तालाई भन्दा बढी बिक्रेतालाई असर गर्छ । सुरक्षाका लागि सुरक्षित पहिरनको समेत प्रयोग गरिएको छैन । एक पटकका लागि सुझावसहित समय तोकेर सुरक्षाका सामग्री उपयोग गर्न सचेत गराएका छौँ ।”

कतिपय बिक्रेताले विषादी तथा बीउबिजन बिक्रीको अभिलेखसमेत राखेको नपाइएको अधिकारीले उल्लेख गर्नुभयो । “यसले उपभोक्तामाथि खेलवाड भएको देखिन्छ । जसलाई नियमन गर्नका लागि समयसमयमा अनुगमन गर्नुपर्ने आवश्यकता छ । बिक्रेता आफैँ पनि सचेत हुन जरुरी छ”, उहाँले भन्नुभयो ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका बाली संरक्षण अधिकृत प्रकाश घिमिरेले अनुगमनका क्रममा अधिकांश बिक्रेता स्वास्थ्यप्रति सचेत नभएको पाइएको बताउनुभयो । पसलमा पनि पूजा सामग्री, प्लाष्टिकजन्य पदार्थ, मुडा, चिया कपलगायत दैनिक उपभोग्य सामग्री पनि बिक्री गर्ने गरेको पाइएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अधिकांश पसलमा विषादीसँगै घरायसी प्रयोजनका सामग्री पनि राखिएको पाइएको छ । एक हप्ताको अवधिमा छुट्याएर राख्न लगाइएको छ । म्याद गुज्रेका विषादी र बीउ भेटिएकाले आठ वटा प्लाष्टिक बोरामा राखेर सिल गरेका छौँ ।” आगामी दिनमा म्याद गुज्रेका विषादी तथा बीउ नराख्न सुझाव दिइएको उहाँले उल्लेख गर्नुभयो । अनुगमनका क्रममा अधिकांश पसलमा तालिम प्राप्त व्यक्ति नबसेर अन्य व्यक्ति बसेको पाइएकाले सचेत गराइएको छ ।

घिमिरेले भन्नुभयो, “एग्रोभेट, कृषि भण्डार र बीज भण्डारका सञ्चालक आफ्नो स्वास्थ्य तथा व्यवसाय वृद्धिका लागि आफैँ सचेत हुनुपर्ने हुन्छ । अन्य निकायले अनुगमन गरिरहनुपर्ने होइन । म्याद गुज्रेका विषादी, बीउबिजनले कृषि पेसाबाट विमुख हुने अवस्था आउन सक्छ । बिक्रेता सचेत भएमा कृषितर्फ आकर्षण बढ्छ । मार्ग निर्देशकका रूपमा रहेका बिक्रेता सचेत हुनुपर्छ ।”

अनुगमनको क्रममा शुक्लागण्डकी नगरपालिका–६ का वाग्ले भेटनरी सेन्टरको विषादीको (मिति २०८० माघ १ सकिएको) इजाजतपत्रको नवीकरण नभएको पाइएकाले नियमअनुसार पहल गर्न निर्देशन दिइएको केन्द्रले जनाएको छ । एग्रोभेट, कृषि भण्डार र बीज भण्डारमा एक हप्तापछि पुनःअनुगमन गर्ने र अटेर गरेको पाइएमा आवश्यक कारबाही गरिने केन्द्रका सूचना अधिकारी परियारले जानकारी दिनुभयो ।

एग्रोभेट, कृषि भण्डार र बीज भण्डार कृषकका मार्ग निर्देशक हुन् । मार्ग निर्देश गर्नुपर्ने भए पनि त्यसो गरेको पाइँदैन । आफैँ सचेत नहुँदा आफ्नो र उपभोक्ता दुवैको स्वास्थ्य समस्या आउने भन्दै सचेत रहन आग्रह गरिएको छ । आफैँ सचेत नहुँदा किसानमा सचेतना फैलन सकिँदैन । मार्गनिर्देश गर्ने निकाय नै सुरक्षित नहुँदा कृषि पेसातर्फ आकर्षण घट्दै गएको छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो