2026-09-11 11:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

दश किलोमिटर सडक कालोपत्र

काठमाडौँ | सडक डिभिजन कार्यालय दमौलीले चालु आर्थिक वर्षमा १० किलोमिटर सडक कालोपत्र गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८१÷८२ को चैत मसान्तसम्म १० दशमलव २० किलोमिटर सडक कालोपत्र गरेको हो ।

चालु आर्थिक वर्षमा ३० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेको सडक डिभिजन कार्यालयका प्रमुख राजीव श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अधिकांश सडकमा कालोपत्र सम्पन्न हुने अवस्थामा रहेको छ ।

कार्यालयले यस अवधिमा पाँच किलोमिटर नयाँ ‘ट्र्याक’ खोल्ने लक्ष्य राखेकामा चार किलोमिटर ट्र्याक खुलेको उहाँले जानकारी दिनुभयो । त्यस्तै, सात दशमलव ५० किलोमिटर ग्राभेल गर्ने लक्ष्य रहेकामा चार किलोमिटर सडक ग्राभेल भइसकेको छ ।

तीनवटा मोटरवेल पुल निर्माण गर्ने लक्ष्य रहेकामा हालसम्म पुलको काम सुरु हुन सकेको छैन । जीर्ण ठेक्का रहेका कारण पुलको काम हुन नसकेको श्रेष्ठले बताउनुभयो । कार्यालयका लागि चालु आर्थिक वर्षमा रु ८६.१२ करोड बजेट विनियोजन भएकामा हालसम्म ४३ दशमलव ४१ प्रतिशत बजेट खर्च भएको छ ।

कार्यालयले यस अवधिमा सडक बोर्डतर्फका १५, राजमार्ग पुनस्र्थापन तथा स्तरोन्नतितर्फका पाँच, वैकल्पिक सहायक राजमार्गका ४६, निर्वाचन क्षेत्र रणनीतिक सडकतर्फका एकवटा ठेक्का सम्झौता गरी काम सुरु गरेको जनाएको छ ।

कार्यालयको कार्यक्षेत्रभित्र छवटा राष्ट्रिय राजमार्ग, तीन स्थानीय सडक पुल र २८ वैकल्पिक सहायक राजमार्ग छन् । कार्यालयका अनुसार राष्ट्रिय राजमार्गतर्फ खैरेनी–भिमाद–कावासोती, भिमाद–रामपुर–मित्याल, आरुङखोला, आँबुखैरेनी–मुग्लिन, आँबुखैरेनी–गोरखा–घ्याम्पेसाल, दमौली–न्यौपानेवेसी–भोर्लेटार र डुम्रे–बन्दीपुर सडक कार्यक्षेत्रभित्र पर्दछ ।

त्यसैगरी, स्थानीय सडक पुलतर्फ सेतीगण्डकी, मस्र्याङ्दी नदीमा मोटरवेल पुल, त्रिशूली नदी पुल घुमाउनेघाट कार्यक्षेत्रभित्र पर्ने कार्यालयले जनाएको छ ।

यस अवधिमा निर्वाचन क्षेत्र रणनीतिक सडकतर्फ रु १२ करोड ६५ लाख ४४ हजार १८४, राजमार्ग स्तरोन्नति तथा पुनस्र्थापनतर्फ रु तीन करोड ६८ लाख २९ हजार ७२९, क्षेत्रिय व्यापारिक मार्ग विस्तार आयोजनातर्फ रु एक करोड तीन लाख ५३ हजार ९८२, वैकल्पिक सहायक राजमार्ग विकासतर्फ रु ११ करोड ४५ लाख ४८ हजार ५००, सडक बोर्ड नेपालतर्फ रु दुई करोड ५१ लाख २४ हजार १२१ खर्च भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस